सिरहा/असोज ७ गते । सिरहामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
नुहाई रहेकी आमालाई करेन्ट लागेका बेला बचाउनजाँदा आफैलाई करेन्ट लागेर कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनी कुमार झाको ज्यान गएको हो ।
चापाकलमा जडान भएको मोटर चलाएर नुहाउने क्रममा झाको आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा उनलाई करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर झाकी आमा भने गम्भीर बनेकी छन् । उनको स्थानीय फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।घटना विषयमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post