महोत्तरी/असोज १ गते।महोत्तरीमा १३ वर्षीया बालिकालाई क र णी गरि गर्भवती बनाई गर्भपतन गराएको आरोपमा प्रहरीले जलेश्वर नगरपालिका–९ का २४ वर्षका आकाश झालाई प क्रा उ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश बिष्टको अनुसार झा माथि निजले घरमा काम गर्ने एक महिलाकी १३ वर्षिय नाबालिग बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी लामो समय यौ न शो ष ण गरी गर्भवती बनाएको र पछि साढे ७ महिनाको बच्चा गर्भपतन गराई बच्चा समेत गायव गराएको आरोप छ ।
पीडित परिवारजनको अनुसार पीडित बालिका आमा विरामी भएर गत पुस महिनामा आमाको ठाउँमा काम गर्न गएको बेला आकाशले घरमा कोहि नभएको मौका छोपी ललाई फकाई प्रलोभनमा पारि ब ला त्का र गरेका थिए । त्यस दिन पहिलो पटक ब ला त्का र गरेका आकाशले त्यसपछि बालिकालाई विहेको प्रलोभन देखाई लगाताकार ८ महिना सम्म यौ न शोषण गरिरहे र बालिका गर्भवति हुन पुगिन्।
त्यसपछि घटनालाई ढाक छोप गर्नको लागि आकाश सहित निजको वुवा युद्धनाथ झा र ममता झाले जनकपुरधाम स्थित केयर मेडिकल सेन्टरमा लगि चिकित्सकलाई समेत प्रभावमा पारी बालिकालाई नसालु औषधी खुवाई गर्भमा रहेको साढे ७ महिनाको बच्चा गर्भपतन गराई बच्चा समेत वे प त्ता बनाएका थिए ।
यस घटना पश्चात पीडित परिवारजनले साउन २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आकाश झा, निजको वुवा र आमा उपर कानुनी कारवाहीको माग गर्दै उजुरी दिएका थिए । उजुरी दिएको जानकारी भएपछि आरोपीहरु फ रा र रहँदै आएको मुख्यआरोपी आकाश झालाई भदौ २० गते प क्रा उ गरिएको डीएसपी बिष्टले जनाए ।
डीएसपी बिष्टका अनुसार लुकि छिपि बसिरहेको अवस्थामा घर आएको जानकारी भएलगतै प्रहरी परिचालन गरि आकाशलाई प क्रा उ गरीएको हो । प क्रा उ परेका उनलाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट आज म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढि रहेको छ ।
साभार-ईशिरिष न्युज अनलाईन बाट














Discussion about this post