nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुर चुरोट कारखानाको पावर हाउस र छापाखाना पुनः सञ्चालन गर्ने प्रदेश २ सरकारको तयारी

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २३, २०७८, ८:४२ बिहान
जनकपुर चुरोट कारखानाको पावर हाउस र छापाखाना पुनः सञ्चालन गर्ने प्रदेश २ सरकारको तयारी

अजय साह/जनकपुरधाम/भदौ २३गते । प्रदेश २ सरकारले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को पावर हाउस र छापाखाना पुनः सञ्चालन गर्ने भएको छ। जचुकालि बन्द भएसँगै प्रयोगविहीन भएको पावर हाउस र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पहल थालेको हो।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्राविधिक, मन्त्रालयका कर्मचारीसहित केही दिन अघि पावर हाउस र छापाखानाको निरीक्षण गरेका थिए। निरीक्षणपछि प्राविधिकहरूले समान्य मर्मत सम्भार गरे सञ्चालन गर्न सकिने बताएका थिए।

जचुकालिको पावर हाउसमा पाँचवटा पावरफुल जेनरेटर छन्। उक्त पावर हाउस प्रदेश सरकारले सञ्चालन गर्न लागेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले बताए। त्यसैगरी जचुकालिको रंगिन छापाखाना लामो समयदेखि प्रयोगविहीन रहेकाले सञ्चालन गर्न दिन संघीय सरकारसँग आग्राह गरेको उनले बताए। पावर हाउस र छापाखाना लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघको उद्योग मन्त्रालयमा पत्रचार गरिसकेको मन्त्री साहले बताए।

‘पावर हाउस र छापाखाना सञ्चालनको लागि संघीय सरकारलाई आग्रह गरेका छौं,’ मन्त्री साहले भने, ‘संघीय सरकारले सकारात्मक रुपमा लिएको छ। संघीय सरकारको मन्त्रिपरिषद् विस्तार भएपछि यो प्रक्रिया अगाडि बढ्नेछ।’

प्रदेश सरकारको आफ्ना छापाखाना नहुँदा बर्सेनि करोडौं रुपैयाँ छपाइमा खर्च गर्दै आएको छ। आफ्नै छापाखाना भए उक्त खर्च कटौटी हुने मन्त्री साहले बताउँछन्। चालु आर्थिक वर्षमा प्रदेश सरकारले छापाखानाका लागि बजेट पनि छुट्याए पनि पहिलो प्राथमिकता जचुकालिको छापाखाना सञ्चालन गर्ने भएको उनको भनाइ छ। उक्त छापाखाना सञ्चालन गर्न नसके प्रदेश सरकारले आफ्नै नयाँ छापाखाना खरिद गर्ने मन्त्री साहले बताए।

यस्तो छ जचुकालिको इतिहास

जनकपुर उपमहानगरपालिका–९ मा जचुकालि कारखाना रहेको छ। लगभग ६ दशक पुरानो कारखाना अहिले बन्द छ।

रुस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०२१ पुस २९ मा तत्कालीन राजा महेन्द्र शाहले कारखाना उद्घाटन गरेका थिए। कारखाना २०७० असार २० देखि बन्द छ। यद्यपि यहाँको उत्पादन भने २०६८ चैत्रदेखि नै बन्द भएको हो।

सोभियत संघको अनुदान तथा तत्कालीन अर्थमन्त्री समेत रहेका समाजसेवी रामनारायण मिश्रको प्रयासबाट २०१७ सालदेखि जचुकालि निर्माण कार्य सुरु भएको थियो। कारखाना स्थापनाको चुक्ता पुँजी ४ करोड ८ लाख ३७ हजार रुपैयाँ थियो। कारखाना निर्माणका लागि सर्वसाधारणबाट जग्गा खरिद गरिएको थियो। सुरुमा ३०० कर्मचारीलाई भर्ना गरेर चुरोट कारखाना सञ्चालन गरिएको थियो।

उत्पादन र काम पनि राम्रो बन्दै गएपछि २०४४ सालमा सबैभन्दा बढी ४ हजार ७०० कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका थिए। २०७० असार २० गते जचुकालिका कर्मचारीलाई अवकाश दिइएको थियो। तत्कालीन खिलराज रेग्मीको सरकारले कर्मचारीलाई पे–अफ गर्दै कारखाना बन्द गर्ने निर्णय गरेको थियो। कारखाना बन्द भएको बखत जचुकालिमा करिब साढे ७०० कर्मचारी कार्यरत थिए।

कारखाना बन्दपछि जचुकालिको ३३ बिघा ९ कठ्ठा क्षेत्रफलको जग्गा र भौतिक संरचना उद्योग मन्त्रालयले पछि जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा सारेको थियो। तीन भागमा छुट्याइएको क्षेत्रफलमा ८ बिघामा कारखानाको भवन, २० बिघामा आवास भवन र ५ बिघामा गोदाम छ। कारखाना सञ्चालन भएका बेला कर्मचारीको आवासका लागि २५ वटा भवन बनाइएको थियो। जसमा सयौं कोठा छन्।

कारखानाको जनकपुरमा मात्र नभई नेपालभरि २६ वटा छुट्टाछुट्टै सहरमा जग्गा र दुई ठाउँमा कार्यालय भवन निर्माण गरिएका छन्। तीमध्ये थुप्रै जग्गा बिक्री भइसकेका छन् भने बाँकी रहेका पनि चौरको रूपमा प्रयोगविहीन छन्।

बुटवलमा स्थापना गरिएको क्षेत्रीय कार्यालयको दुईतल्ले भवन हाल एक जना कुरुवाको भरमा प्रयोगविहीन अवस्थामा छ। नारायणगढमा रहेको भवन पनि प्रयोगमा छैन। धनुषा, महोत्तरी, विराटनगर, उदयपुर, वीरगन्ज, पोखरा, नारायणघाट, नेपालगन्ज, सुर्खेत, दिपायल, सिन्धुली, धनगढीमा अहिले पनि कारखानाको अर्बौं मूल्यका जग्गा प्रयोगविहीन अवस्थामा छन्।

यस क्षेत्रका किसान तथा सर्वसाधारणका लागि जीवनयापन गर्ने ठूलो साधनको रूपमा यो कारखानाको विकास भए पनि २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि कारखाना सञ्चालनमा राजनीतिक हस्तक्षेप बढ्दै जाँदा त्यहीँबाट यसको अवसान सुरु भएको कारखानाका अवकाश प्राप्त कर्मचारी क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका गणेशबहादुर आले बताउँछन्।

आलेका अनुसार सरकार परिवर्तन भए लगत्तै कारखानाको महाप्रबन्धक तथा सञ्चालक समितिका अध्यक्ष परिवर्तन गर्ने सरकारी नीतिले कारखाना धरासायी भएको हो। सफल बन्दै गएको र सरकारलाई पनि नियमित राजस्व तिर्दै गएको कारखानाको राजस्वमा पछि कमी आउन थालेपछि त्यसको प्रभाव हरेक क्षेत्रमा पर्न थाल्यो। यस क्षेत्रको विकासमा ठूलै योगदान दिन सक्ने जचुकालि धराशायी हुँदा उद्योग तथा व्यापारमा निकै नोक्सानी भएको यहाँका व्यापारीहरू बताउँछन्।

यस क्षेत्रकै पहिचानको रूपमा रहेको जचुकालि खारेज भइसक्दा पनि सरकारले यसका सम्पत्तिहरू उचित व्यवस्थापन गर्न नसक्दा विनास हुने क्रम बढेको हो। अहिले कारखानाको भवनमा प्रदेश २ को प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रदेश सरकारको कार्यालय र मन्त्री निवास छ। सरकारले कारखाना सञ्चालन गर्न नसकेर बन्द भएपछि खाली रहेको भवनमा प्रदेशको कार्यालय स्थापना गरिएको छ।

उद्योगको लगानी, भौतिक पूर्वाधार र उद्योगभित्र रहेको कच्चा पदार्थ संरक्षणका लागि सम्बन्धित निकाय मौन देखिएको स्थानीयवासीको गुनासो छ। थाहा खबर

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

गाजा नरसंहारमा इजरायलले प्रयोग गरेका ‘गोप्य प्रणाली’हरू चलचित्रबाट खुलासा

गाजा नरसंहारमा इजरायलले प्रयोग गरेका ‘गोप्य प्रणाली’हरू चलचित्रबाट खुलासा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि