अरुण कुमार अक्षय/सप्तरी/भदौ २२ गते ।सप्तरीको बोदेवरसाइन नगरपालिका वडा नंं ७ मा कर्तब्य गरि फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले आज प क्रा उ गरेको छ।
प क्रा उ पर्नेमा स्थानिय दानालाल यादव रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिनुभयो ।
२०६२ साल तिर सप्तरीको बोदेबरसाई नगरपालिका वडा नं.७ बगबिरा टोल बस्ने गंगाराम कापैरलाई मकैया भन्ने सचिव कुमार सदा , बिजय कुमार यादव र दानालाल यादवसहितकाले कर्तब्य गरि मरेका थिए ।
त्यस्पछि गंगाको दाई बिजय नारायण कापैरले आफनो भाइको हत्या गरि मारेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उनीहरु बिरुद्ध जाहेरी दिएको थियो ।
२०७३ साल बैशाख २२ गते कर्तब्य ज्यान मुद्दामा सम्मानित सप्तरी जिल्ला अदालतले दोसी ठहर गर्दै बिस बर्ष कैदको फैसला गरेका थिए ।
फ रा र रहेका दनालाललाई गाउँ घरमा नै लुकीछिपी बसेको अवस्थामा फेला पारी प क्रा उ गरिएको प्रहरीले जनाएको छ । सो आरोपमा अरु दुई जना फ रा र रहेका छन ।
यता पक्राउ परेकालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी राजविराजस्थित कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post