न्युज २४ अनलाईन बाट/भदौ २१ गते। ‘बेटी पढाओ, बेटी बचाओ’ प्रदेश दुई सरकारले अघि सारेको यो लोभलाग्दो नाराले कति हदसम्म सार्थकता पायो, त्यसकाे प्रभावकारिता देखिने छ नै । महिलामाथि हुने हिं सा मा बदनाम बनेको प्रदेश २ मा अघि सारिएको यो र्कायक्रमले छोरीहरु र उनीहरुको शिक्षाको हकमा न्यायोचित भूमिका खेलेको अनुभव धेरैले गरेका छन् ।
तर छोरीहरुमाथि हुने बिभिन्न खाले हिं साले भने अझै पनि उस्तै रुप र कहाली बोक्दै आएको छ । छोरीचेलीको सुरक्षाको नाममा जति नै बजेट खर्च गरेपनि र सचेतनाका लागि जतिसकुै कार्यक्रमहरु गर्दै आए पनि छोरीचेलीहरु झनै दिनप्रतिदिन असुरक्षित बन्दै आएका छन् । महिला हिं सा को सवालमा बदनाम बन्दै आएको महोत्तरीमा घटेको पछिल्लो एक घटनाले पनि छोरीचेलीको सुरक्षालाई लिएर प्रश्न उठेको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका क्षेत्रभित्र एक १३ वर्षीया बालिका आफ्नी आमाले काम गर्दै आएको घरको मालिकको छोराद्वारा विगत आठ महिनादेखि ब ला त्कृ त हुँदै आएको घटना सार्वजनिक भएको छ । बालिकाको पेटमा सात महिनाको गर्भ समेत बसेको स्वास्थ्य जाँचबाट पुष्टि भएपछि यो घटना सतहमा आएको हो । तर बालिका र उनका आफन्तले प्रहरीमा उजुरी दिए पनि ती आरोपीलाई प क्रा उ गर्ने कुनै तदारुकता प्रहरीले देखाएको छैन ।
धाकधम्की दिएर आठ महिनादेखि यौन-शोषण
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं.९ परिकौलीगाउँमा गरिबीका कारण अरुको घरमा कामकाज गर्दै आएकी एक महिला कामदारकी १३ वर्षीया छोरी मालिकका २३ वर्षीय छोराबाट विगत आठ महिनादेखि ब ला त्कृ त हुँदै आएको रहस्य बाहिर आएको छ ।
युद्धनाथ झा र ममता झाका २३ वर्षीय छोरा आकाश झाले परिवर्तित नाम (आशाकुमारी ) लाई विभिन्न धाकधम्की दिएर विगत आठ महिनादेखि यौ न शोषण गर्दै आएको पीडित बालिकाले बताएकी छिन् ।
आमालाई सघाउन जानु बालिकाको दुर्भाग्य
घरेलु कामदारकोरुपमा कामकाज गर्दै आएकी आमालाई सघाउन भनि छोरी (आशाकुमारी ) पनि मालिकको घरमा आउजाऊ गर्न थालेपछि मालिकका छोरा आकाशले उनीमाथि गिद्धे नजर राख्न थाले ।
गरिबीको फाइदा उठाउँदै विभिन्न धाकधम्की दिएर विगत आठ महिनादेखि यौ न शोषण गर्दै आए । बालिकाको पेट दुखेर चेकजाँचका लागि जनकपुर स्थित सिटी अस्पतालमा मालिककै सहयोगमा पुगेकी बालिकाको पेटमा सात महिनाको गर्भ रहेको पुष्टि भएपछि यो घटना सतहमा आएको हो ।
सात महिनाको गर्भ यसरी तुहाइयो
बालिकाको पेटमा गर्भ रहेको खुलेपछि घटना बाहिरिने डरले ब ला त्का री केटाको पक्षले जनकपुरको केयर मेडिकलमा ती बालिकाको गर्भ तुहाएका थिए । गर्भ तुहाएपछि घाउँ ठीक नभएसम्म भारतको अछरवा भन्ने ठाउँमा केही समय राखेर छोरीलाई घर ल्याएको पीडितकी आमाको आरोप छ ।
प्रहरीमा दिएको उजुरी पनि काम लागेन
बालिका (आशाकुमारी ) अहिले पनि पूर्णरुपमा निको भइसकेकी छैनन् । अझै पनि पटक पटक पेटमा समस्या देखिने गरेकोले उनलाई अस्पताल लगिरहनु पर्छ । पीडित बालिकाकी आमा र बालिकाले घटनाबारे जलेश्वर स्थित ओरेक नेपाल र जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी दिईसक्दा पनि कतैबाट अहिलेसम्म कुनै न्याय र सहयोग नपाएको गुनासो गरेका छन् ।
पैसा र पहुँचका अघि गरीब परिवार असहाय
यता पीडक आकाश र उनकी आमा ममताले पैसा र पहुँचको आधारमा घटना सामसुम पार्न खोजेको आरोप पनि पीडित पक्षको छ । आफूहरुलाई ज्यानमार्ने धम्कीसहित पैसाको प्रलोभन दिएर घटना बाहिर नल्याउन समेत प्रयासरत रहेको पीडित पक्षको गुनासो छ । आफु गरिब भएकै कारण छोरीमाथि अन्याय भएको भन्दै १ महिना पहिला नै विभिन्न निकायमा उजुरी दिएपनि अहिलेसम्म कुनै निकायले न्याय दिलाउन चासो नदिएको पीडित पक्षको भनाइ छ ।
यता जिल्लाप्रहरी कार्यालयका प्रमुखएवं प्रहरी उपरीक्षक दिनेश आचार्यले आफूहरु घटनाबारे सत्यतथ्य बुझ्ने तथा आवश्यक अनुसन्धानमा लागिरहेको दावी गरेको छ । तर यति लामो समय वितिसक्दा पनि कार्यालयको पहुँच नजिक रहेका आरोपी पक्राउ गर्न नसक्नुलाई जलेश्वरवासीले अचम्म मानेर हेरेका छन् ।
साभार-न्युज २४ अनलाईन बाट














Discussion about this post