विशुन देव सरदार/लहान/भदौ २१ गते।लक्ष्मीपुर पतारी गाँउपालिका नेपाली काँग्रेसका प्रत्यासी उमेदबार चतुरानन्द ठाकुरले अगामी हुने चुनावमा गाँउ पालिकामा आफनो पार्टि विजयी भए चार ‘स’ को अवधारणा लागु गर्ने बताएका छन् ।

अहिले पिपरा , पोखरभिण्डा , महेशपुर , लक्ष्मीपुर , खरुक्याही , सितापुर पालिका भित्रका गाउँहरुमा नेता ठाकुर उम्मेदवारी दिनु पर्ने व्यापक चर्चा भएको देखिन्छ ।
शनिबार संचारर्कीहरु कुराकानी गर्दै सो चार ‘स’ को अवधारणा लागु गर्ने बताएका छन् । जसमा शिक्षा, स्वास्थ, सडक,सिचाईलाई पहिलो प्राथमिकता दिने बताएका छन् । लक्ष्मीपुर पतारी गाँउपालिका विकास कार्यमा अझै पछाडि रहेको उनले बताए ।
उनले भने – सिरहा जिल्लामा धार्मिक तथा ऐतिहासिक धर्म स्थलको रुपमा परिचित रहेको राजा हरसिंहदेवका गाथासंग गाँसिएको धार्मिक स्थललाई ऐतिहासिक करिडोरको रुपमा विकास गर्ने लक्षय आफनो पार्टिले लिएको उनले जानकारी दिए ।
अहिले गाँउ पालिकामा विकास बजेटमा मनोमानि तरिकाले व्यापक अनियमितता भई रहेको समेत उनले आरोप लगाउनुभयो । अगामी चुनावमा लक्ष्मीपुर पतारी गाँउपालिकामा नेपाली काँग्रेस सबै वडामा विजयी हुने पक्का रहेको उनले दावी गर्नुभयो ।
















Discussion about this post