अरुण कुमार अक्षय/सप्तरी/भदौ २१ गते। सप्तरीको तिरहुत गाउपालिका वडा नं. ५ लोहजारमा जग्गा सम्बनिध बिवादमा कु ट पि ट गरेको आरोप लागाएका छन ।
नेपाल पत्रकार महासंघ सभा हलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा तिरहुत गाउपालिका वडा नं. ५ लोहजारका मुनेश्वर मण्डलले मेरो जग्गामा दावी गर्दे आफु लगायत सबैलाई स्थानिय सुबालाल मंडलसहितका केही ब्यक्तिहरुले कु ट पि ट गरि घरको टाटी तोडफोड गरेको बताएका छन ।
आफनो नमरी जग्गा मेरो हो भन्दै सुवालाल सहितकाले गत साउन २५ गते मेरो दाजु जगदिश मंडल तथा भतिजो रामकुमार मण्डललाई ज्यान मार्ने उदेश्यले कुटपिट गरेको आरोप लगाएका छन ।
गाउँको डगरबाटमा नै पर्ने मैरै जग्गालाई दावी गर्न खोजीएको भन्दै उनले घरको टाटीहरु समेत तो डफो ड गर्नुको साथै आफु लगायत परिवारका तीनै सदस्य सो कु ट पि ट बाट घाइते भएको पिडित मुनेश्वरले बताए ।
करिब साडे पाँच धुर जग्गा मेरो दुवै दाजु भाईको रहेको दावी गर्दै कु ट पि ट बाट घाइते भएकाहरु अहिले पनि अस्पतालमा उपचार गराइरहेका छन । उनले भने यो घटना बारे जिल्ला प्रहरी कार्यालय राजविराजमा निवेदन दिएर उपचार खर्च तथा न्यानको गुहार गरि गाउघरमा समेत गरेको तर न्यान पाउन नसकिएको बताए ।
मेरो जग्गा नापी गराइ दिनु भने पनि त्यहाँका प्रहरी बिट प्रमुख उल्टै सहमति गराउन प्रलोभन दिने गरेको तर सहमति भएपनि दण्ड जरिवाना तथा मेरो जग्गा उचित ढङले नापी गराइ दिनु भने कुरामा कसैले पनि ध्यान नदिई आलटाल देखाइरहेको पिडितले आरोप लगाएका छन ।














Discussion about this post