अरुण कुमार अक्षय/सप्तरी/भदौ २१ गते ।सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ४ कदमहाबाट लेनदेन मुदाका फरार रहेका एक जना प्रतिबादीलाई प्रहरीले प क्रा उ गरेको छ ।
प्रहरीका अनुसार प्रतिबादीलाई आफ्नै घरमा लुकिछिपि बसि रहेका अवस्थामा प क्रा उ गरेका हुन् ।प क्रा उ पर्नेमा स्थानिय अन्दाजी ३० वर्षीया रेणु कुमारी पासमान रहेको प्रहरीले जनाएको छ । ईलका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक बिरेन्द्र पासमानको कमाण्डमा खटिएको प्रहरी टोलिले उनलाई प क्रा उ गरेको जनाइएको छ ।
सिरहा जिल्ला अदालतले २०७५ जेष्ठ १० गते २ वर्ष कैद सजाय फैसाल सुनाएका थिए । उनलाई फैसला कार्यान्वयनका लागि सिरहा जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।














Discussion about this post