विसुन देव सरदार/भदौ २१ गते।सिराहाको दक्षिणी सिमावर्ती हुलाकी राजमार्ग बरियारपट्टी र औरहीको बिचमा पर्ने गागन खोलामा विगत ३ महिना देखि हरि कामतले ९५ हजारको लगानीमा बाँसको झुलुङ्गे लच्का पुल बनाएर मगन्य कमाइ रहेका छन।यात्रीहरुलाई आवतजावत सहज बनाउनका निम्ति उक्त झुलुङ्गे गरिएको देखिन्छ ।
बाँसको लच्का पुलका प्रति मोटरसाइकल ५० , साइकल २० रुपैयाँ लिने गरिन्छ । फर्किदा ३०/१० रुपैयाँको दरले लिने गरेको कामतको भनाइ हो ।
झुलुङ्गे पुर्वपट्टी रणु देव सिँह र पश्चिमपट्टी उमा महतोको जग्गा धनीहरुलाई प्रति महिना ५/५ हजारको दरले भाडा दिइएको कामतको भनाइ छ।
उक्त बाँसको पुलबाट दिनहुँ १० हजार कमाई रहेको खुलासा भएको हो ।गागन खोलामा असार , श्रावण , भदौ महिनासम्म खोलामा पुर्णरुपले पानी चल्ने भएको हुनाले उक्त बाँसको पुल ३ महिनासम्म पुल राख्ने कामतले बताए ।

















Discussion about this post