महोत्तरी/भदौ २० गते।महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा रुखबाट लडेर शनिबार एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
उनले आफ्नै बारीकोे रुखको हाँगा काट्ने क्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा ज्यान गएको बताए।














Discussion about this post