सिरहा/भदौ १६ गते।सिरहामा आपसी झ ग डा मा भएको विवादमा कु ट पी ट बाट एक वृद्धाको ज्यान गएको छ ।
सिरहाको कल्याणपुर नगरपालिका ९ डुमरीका ४० वर्षिय जय कुमार यादव र उनको भतिजा १८ वर्षिय श्रीदेव यादबको कु ट पी ट बाट फुपी यादबको श्रीमती ६५ वर्षिय भालसैर देवी यादवको ज्यान गएको हो ।
बाटोमा गदुस (गाई, भैसको गोवर र बाँकी झारपात) राखेको विषयमा दुई परिवारबीच झ ग डा मा जय कुमार र श्रीदेवको कु टा ई बाट भालसैरको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
बृद्धाको मृत्यु लगतै श्रीदेव र जयकुमार फ रा र भएको जनाएको छ । फ रा र दुवैजनाको खोजी कार्य तिव्र गरिएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।शव पोष्टमाटमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्ताल लहानमा राखिएको छ ।

















Discussion about this post