अरुण कुमार अक्षय/राजविराज/भदौ ६ गते।सप्तरीबाट रोजगारिका लागि मलेसिया गएका का एक युवकको ज्यान गएको छ ।
चार वर्षदेखि मलेसियामा रोजगारी गर्दे आएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका ४० वर्षीय शिवचन्द्र खंगको कोरोना संक्रमणका कारण ज्यान गएको तोपा निवासी कौशल कुमार यादवले जानकारी दिनुभयो ।
मृ त क खंग मलेसियाको शाहआलम सहरमा सेक्युरिटी गार्डमा कार्यरत थिए । उनी दुई हप्ताअघि कोरोना संक्रमति भएको थियो ।
संक्रमण भएपछि उपचारका लागि मलेसियामा १० दिनयता उनलाई आईसीयूमा राखी उपचार गरिदै आएकोमा उपचारको क्रममा उनको आज ज्यान गएको यादवले बताउनुभयो ।मृ त क खंगका ५ छोरी छन् । उनी एक वर्षपछि फर्कने तयारीमा रहेको बेला मलेसियमा ज्यान गएपछि उनको परिवार अहिले शोकमै परेका छन् ।

















Discussion about this post