सिरहा/भदौ ६ गते ।सिरहा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फ रा र पाँच जनालाई प क्रा उ गरेको छ ।
प क्रा उ पर्नेमा ला गु औ षध मुद्दामा आठ वर्ष कैद र तीन लाख १५ हजार जरिवाना सजाय तोकिएका जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका–४ का २८ वर्षीय देवकुमार यादव र बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र १० हजार जरिवाना सुनाइएका लहान नगरपालिका–१३ निवासी ३१ वर्षीय शिवशङ्कर महतो, लेनदेन मुद्दामा दुई वर्ष कैद पाएका सिरहा नगरपालिका–२ का ५५ वर्षीय रामदेव साह, लेनदेन मुद्दामै पाँच महिना कैद सजाय पाएका सिरहा –१६ का ४० वर्षीय जाकिर मलङ्ग र चोरी मुद्दामा एक महिना कैद र ३० हजार जरिवाना सजाय ताकिएका सिरहा–१ का २३ वर्षीय सन्तोषकुमार कामती रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले प क्रा उ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको बताएका छन् ।

















Discussion about this post