सिरहा/भदौ ४ गते।सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई प क्रा उ गरेको छ ।
लहान नगरपालिका-५ बाट उनीहरुलाई ८ ग्राम ब्राउन सुगरसहित प क्रा उ गरिएको प्रहरीले जनाएको छ । प क्रा उ पर्नेमा लहान वडा नम्वर २४ मनिकदह बस्ने १८ वर्षीय मनदिप विश्वकर्मा, वडा नम्वर ५ निवासी ५२ वर्षीय रामदेव यादव र सोही ठाउँका २५ वर्षीय दीपेन्द्र यादव रहेको सिरहा प्रहरीका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीले तीनै जनालाई लागूऔषधसहित प क्रा उ गरेको उनले बताए । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान गरिरहकेो प्रहरीले जनाएको छ ।

















Discussion about this post