सप्तरी/भदौं ३ गते । सप्तरीमा पोखरीमा डुबेर एक ५ वर्षीया बालिकाको ज्यान गएको छ ।
सप्तरी महदेवा गाउँपालिका ४ बस्ने सुवन कामैतको छोरी ५ वर्षीया सोनम कुमारी कामैतको ज्यान गएको हो ।
बुधबार दिउँसो घर नजिकै रहेको फुदन तिवारीको पोखरीमा आफ्नै आमासित नुहाउन गएको बेला डुबेर बालिकाको ज्यान गएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
शवको पोस्टमार्टम गरि परिवारजनको जिम्मा लगाएको र घटना विषयमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post