nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अफगानिस्तान द्वन्द्वः सत्ता कब्जापछि तालिबानले पहिलो पत्रकार सम्मेलनमा के भन्यो?

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १, २०७८, १०:२८ मध्यान्ह
अफगानिस्तान द्वन्द्वः सत्ता कब्जापछि तालिबानले पहिलो पत्रकार सम्मेलनमा के भन्यो?

बिबिसी/भाद्र १ गते।राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ”२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको” बताएका छन्।

”यो पूरै देशका लागि गर्वको क्षण हो,” उनले भने।

”अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,” उनले थपे।

”हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ।”

शरिया कानुनका आधारमा महिला अधिकार

पत्रकार सम्मेलनमा मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए।

आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको उनले जानकारी दिए।

”उनीहरूले हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन्। हामी अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहन्छौँ कि भेदभाव गरिनेछैन,” मुजाहिदले भने।

तालिबानको राजनीतिक कार्यालयका अन्य वरिष्ठ नेताहरूसहित कान्दहार क्षेत्रमा मुल्लाह बरादर आइपुगेको बताइएको छ।

तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको जनाएको छ।

पत्रकार सम्मेलनका क्रममा प्रवक्ता मुजाहिदले भने, ”निजी क्षेत्रका सञ्चारमाध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउनेछन्।”

सञ्चारकर्मीहरूले गरेको प्रश्नको उत्तर दिँदै तालिबान नेतृत्वले विदेशी संस्थाहरूसँग काम गरेका ठेकेदार र दोभासेहरूसँग बदला नलिइने जनाएको छ।

”कसैप्रति बदलाको भाव देखाइने छैन,” मुजाहिदले भने।

आफ्नो देशमा हुर्किएका युवाहरूले देश नछोडून् भन्ने आफूहरूले चाहेको र युवाहरू देशको सम्पत्ति रहेको प्रवक्ता मुजाहिदले बताए।

कसले कसका लागि काम गरिरहेका छन् भन्ने कुरा सोध्न कसैको पनि ढोका नढकढकाइने उनले जानकारी दिए।

‘हामी सरकार गठन गर्ने तयारीमा छौँ’

पहिलो पटक पत्रकार सम्मेलन गरेका तालिबानका प्रवक्ताले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै सरकार गठन भएपछि कस्तो कानुन ल्याउने भन्ने कुराबारे निर्णय गरिने जानकारी दिएका छन्।

आफूहरूले सरकार गठन गर्नका लागि गम्भीर रूपमा काम गरिरहेको र त्यो सकिए लगत्तै घोषणा हुने मुजाहिदले बताए।

”हामीले सबै सीमा नियन्त्रणमा लिएका छौँ,” उनले थपे।

अलकायदालाई आश्रय दिन सक्ने जोखिम बारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले ”अफगानिस्तानको भूमि कसैको विरुद्ध प्रयोग नहुने” बताए।

”अन्तर्राष्ट्रिय समुदायलाई हामी यस बारे विश्वास दिलाउन चाहन्छौँ,” उनले भने।

के हो शरिया कानुन?

तालिबानले शरिया कानुन अन्तर्गत महिलाहरूको हक अधिकारप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

यसको अर्थ के हो?

शरिया कानुन इस्लामको कानुनी प्रणाली हो। यो इस्लाम ग्रन्थ कुरान र इस्लाम विद्वानहरूको निर्णय फतवाबाट साभार गरिएको हो।

शरिया कानुनले मानिसहरूलाई परिवार, अर्थ अनि व्यापार जस्ता जीवनका सबै पाटाबारे जानकारी दिन सक्छ।

यसमा केही कडा सजायहरू पनि समावेश हुन सक्छन्।

उदाहरणका लागि चोरीको सजाय हात काटिदिनु हुनसक्छ भने व्यभिचारको सजाय ढुङ्गाले हानेर मार्नु हुन सक्छ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि