देवरामप्रसाद यादव/सप्तरी/भदौ १ गते ।सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–५मा जिता नदीको पश्चिमी तटबन्ध भत्किँदा १५० घर डुवानमा परेका छन भने दुईवटा घर भत्किएका छन् ।

मंगलबार बिहान उक्त वडास्थित पश्चिमी तटबन्ध भत्किएको हो । बिहानैदेखि जिता नदीमा पानीको बहाब उच्च रहेको थियो ।

गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाका अनुसार तटबन्ध भत्किएर नदी बस्तीतर्फ सोझिएको छ । जिताको पानी खंग टोल, सरदार टोल र राम टोलका १ सय ५० घरमा पसेको छ । उहाँका अनुसार दुईवटा घर समेत भत्किएका छन् ।

बस्तीमा पानी पसेपछि स्थानीय बासिन्दा त्रसित छन् । उनीहरूलाई पशुचौपाया र सम्पत्ति जोगाउन मुस्किल रहेको छ ।
बाँध भत्किएर बस्तीतर्फ सोझिएपछि गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहसहितको टोली प्रभावित बस्ती पुगेको छ ।

अध्यक्ष सिंहले प्रभावितहरूको व्यवस्थापनका लागि तत्काल काम सुरु गरिएको बताउनु भयो । उहाँले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिनु भयो ।

















Discussion about this post