अरुण कुमार अक्षय/राजविराज/श्रावण ३१ गते।सप्तरीमा आज थप दुई जना कोरोना संक्रमितको ज्यान गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा सुरुंगा नगरपालिका–२ का ५८ वर्षीया महिला र विष्णुपुर गाउँपालिका–६ का ६० वर्षीय पुरुष छन् ।
२५ साउनमा संक्रमित भएर होमआइसोलेसनमा राखेर उपचार गरिरहेका महिलाको आज ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै बिरामी भएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि गएका विष्णुपुर गाउँपालिकाका पुरुषमा शनिबार कोरोना संक्रमणबाट ज्यान गएको पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १५२ पुगेको छ ।

















Discussion about this post