उमेश कुमार साह/सप्तरी/श्रावण २४ गते।हिन्दू स्वयंसेवक संघ नेपाल अन्तर्गत गुरु पुर्णिामा उत्सव , ध्वजपूजा एवम् गुरु दक्षिण सम्बन्धि कार्यक्रम सप्तरीको बोदे बर्साईनमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि अनिरुद्व कुमार सिंह यादवले अहिले हिन्दु धर्ममाथी चाैतर्फी आक्रमण भई रहेकोले हिन्दुत्व र देशको लागि काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘जुन व्यक्तिमा देश र राष्ट्रभक्तिको भावना छैन, त्यो व्यक्तिको जन्म बेकार छ, त्यसैले आफूभित्र देशभक्तिको भावना हुनुपर्छ अनि मात्र सच्चा स्वयंसेवक बन्न सकिन्छ धारणा राखेकाछन् ।
उक्त उद्घाटन समारोह सहभागीको रुपमा प्रमुख अतिथि सहित , प्रमुख वक्ता गोपाल जी , बिशिस्ट अतिथि – भोगेन्द्र झा ( सप्तरी जिल्ला संघ चालक मुरली मनोहर चौधरी , गजेन्द्र कुमार सिंह यादव लगायत अन्य बुधिजिबीहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले मुलुकमा अहिले जबरजस्ती धर्म परिर्वतन गर्ने काम भइरहेकोमा दुख व्यक्त गरे । ‘अहिले हामी आफनो धर्म संस्कृतिको जर्गेना गर्न सकेनौ वा हिन्दु धर्मका अनुवायीले आफनो धर्म संस्कृति अनुसारको व्यवहार र कार्य गरेन भने नेपालमा पनि धर्म संस्कृति मासिने बताएका छन् ।
विश्व हिन्दु स्वयंसेवक संघ विश्वको ५२ वटा मुलुकमा काम गरि रहेकाछन् ।
कार्यक्रम संघका बोदे बर्साईन नगरपालिका नगर संयोजक जय नारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।














Discussion about this post