सिरहा/श्रावण १९ गते।सिरहाको लहान नगरपालिकाबाट प्रहरीले चो री मुद्दामा फरार रहेका चारजनालाई प क्रा उ गरेको छ ।
प क्रा उ पर्नेमा लहान नगरपालिका १५ का ३५ बर्षीय देबु सदाय, ५७ बर्षीय मोहन सदाय, ३५ बर्षीय रामउदगार मण्डल र श्याम सदाय छन् ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनीहरुलाई गाउँबाटै प क्रा उ गरिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
जिल्ला अदालतले चो री मुद्दामा चारै जनालाई जनही १ महिना कैद र २१ हजार ६ सय ६३ रुपैयाँ जरिवाना तोकेको थियो । प क्रा उ परेकाहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

















Discussion about this post