गिरिजानन्द साह/असोज २० गते । जनकपुरधाम जेसिजको जेसीज सप्ताह–२०२६ अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

जेसीज सप्ताहको अवसरमा जनकपुरधाम स्थित श्री आधारभूत राष्ट्रिय माध्यमिक विद्यालय, कप्लेश्वरका विद्यार्थीलाई स्कुल ब्याग, कापी, पेन्सिल, इरेजर, कटर लगायतका स्टेशनरी सामग्री वितरण गरिएको हो।
कार्यक्रमका संयोजक जेसी सुरेश साहका अनुसार विद्यार्थीलाई अध्ययनमा आवश्यक पर्ने सामग्री सहयोगस्वरूप वितरण गरिएको हो। उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक गौरीशंकर लाल कर्णको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
जनकपुरधाम जेसिज वर्ष २०२६ का अध्यक्ष भवेश झाले युवाको नेतृत्व क्षमता विकाससँगै सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै जेसीज सप्ताह मनाउँदै आएको बताए। उनले जेसीजले युवाको व्यक्तित्व तथा नेतृत्व विकाससँगै समुदायमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले विभिन्न गतिविधि गर्दै आएको उल्लेख गरे।
जेसीज सप्ताह–२०२६ का मूल संयोजक राम सोगरथ साहका अनुसार सप्ताहअन्तर्गत आगामी दिनमा जेसिज क्रिकेट कप, स्कुल लेभल ओरेट्री कन्टेस्ट, ड्रग एब्युज अवेयरनेस लगायतका कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, जनकपुरधाम जेसिज वर्ष २०२५ को अध्यक्ष जेसि मुकेश साह,जनकपुरधाम जेसिज २०२६ का पदाधिकारी तथा सदस्यहरूका साथै विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
















Discussion about this post