nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज १४, २०८३, ३:२० मध्यान्ह
कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

काठमाडौं, १४ असोज । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। १४औँ महाधिवेशनको तुलनामा प्रतिनिधिको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने भएपछि यस पटक उद्घाटन कार्यक्रमका साथै बन्दसत्रसमेत काठमाडौँको खुलामञ्चमै टेन्ट टाँगेर गर्ने तयारी भइरहेको छ।

अविरल वर्षाका कारण देशभरका क्षेत्रीय अधिवेशनहरू प्रभावित बनेपछि कांग्रेस निर्वाचन समितिले महाधिवेशनको तालिका दुई दिन पछाडि सारेर असोज १८ देखि २२ गतेसम्म पुर्‍याएको छ। यसअघि असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको कार्यक्रम परिमार्जन गरिए पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता भने पूर्वनिर्धारित समय असोज १६ गते शुक्रबारदेखि नै सुरु हुनेछ।

नयाँ कार्यतालिका अनुसार शुक्रबार र शनिबार प्रतिनिधि दर्ता सम्पन्न गरी असोज १८ गते आइतबार अपराह्न २ बजे खुलामञ्चमा महाधिवेशनको औपचारिक उद्घाटन गरिनेछ। त्यसपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम तय गरिएको छ। हाल देशभर प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि छनोटको काम जारी रहेको र बिहीबारसम्म सबै क्षेत्रको नतिजा आइसक्ने निर्वाचन समितिले जनाएको छ।

१४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी रहेकामा यस पटक विधान संशोधन गरी प्रतिनिधित्वको दायरा फराकिलो बनाइएकाले प्रतिनिधिको सङ्ख्या बढेको हो। यसअघि एक निर्वाचन क्षेत्रबाट २४ जना निर्वाचित हुने गरेकामा यस पटक ३३ जनाका दरले १६५ क्षेत्रबाट ५ हजार ४ सय ४५ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित भएर आउनेछन्। गाउँ-नगरपालिका र प्रदेशसभा क्षेत्रीय सभापति पदेन प्रतिनिधि हुने व्यवस्थाले यो सङ्ख्या ६ हजार ५ सय २८ पुग्नेछ।

यसका साथै महाधिवेशनमा समावेशी र युवा सहभागिता बढाउन प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जना ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व विधानमार्फत नै सुनिश्चित गरिएको छ। प्रजातन्त्रका सेनानी, सहिद परिवार, द्वन्द्वपीडित, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र पेसागत विषयविज्ञबाट पनि १/१ जना प्रतिनिधि थपिने व्यवस्था गरिएको छ। विदेशस्थित ३७ मध्ये महाधिवेशनमा सहभागी हुने २८ वटा जनसम्पर्क समितिबाट थप करिब दुई सय प्रतिनिधि सहभागी हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

टिकटकमा फर्निचरको विज्ञापन, स्क्रिन सेयर गराएर खाताबाट रकम गायब : रौतहटमा चार पक्राउ

१७ वर्षपछि आर. बाल्की र विद्या बालनको पुनर्मिलन, तमिल चलचित्रमा काम गर्ने

१७ वर्षपछि आर. बाल्की र विद्या बालनको पुनर्मिलन, तमिल चलचित्रमा काम गर्ने

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड !!

शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड !!

अमेरिकी सरकारले एआईको नाम फेर्ने, अबदेखि ‘सुपर इन्टेलिजेन्स’ भनिने

अमेरिकी सरकारले एआईको नाम फेर्ने, अबदेखि ‘सुपर इन्टेलिजेन्स’ भनिने

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति राराब क्याम्पस प्रमुख कर्णको आपत्ति

सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति राराब क्याम्पस प्रमुख कर्णको आपत्ति

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि