nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति राराब क्याम्पस प्रमुख कर्णको आपत्ति

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १३, २०८३, १०:१६ मध्यान्ह
सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति राराब क्याम्पस प्रमुख कर्णको आपत्ति

जनकपुरधाम/असोज १३ गते । त्रिभुवन विश्वविद्यालयअन्तर्गत जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) का क्याम्पस प्रमुख प्रा.डा. वसन्तकुमार कर्णले क्याम्पस प्रशासन र आफ्नो कार्यशैलीलाई लिएर सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति आपत्ति जनाएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख कर्णले निवर्तमान स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का केही पदाधिकारी तथा युवाहरूले आफू र क्याम्पस प्रशासनविरुद्ध भ्रामक तथा निराधार सामग्री सामाजिक सञ्जालमार्फत प्रसार गरिरहेको दाबी गरे ।

क्याम्पस सुधारका लागि आफूले अघि बढाएका कामलाई प्रभावित पार्ने उद्देश्यले त्यस्ता सामग्री प्रचार गरिएको उनको आरोप थियो । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका विषयको तथ्यगत अध्ययन नगरी क्याम्पस प्रशासनलाई विवादमा तान्ने प्रयास भइरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा कर्णले आयकर कट्टी, विभिन्न फर्म तथा मूल्य अभिवृद्धि कर (भ्याट) विवरणसँग सम्बन्धित कागजातका विषयमा उठाइएका प्रश्नबारे समेत आफ्नो धारणा सार्वजनिक गरे ।

उनका अनुसार आन्तरिक राजस्व कार्यालय जनकपुरधामबाट आयकर कट्टीसम्बन्धी कागजात एक पूर्वठेकेदारलाई उपलब्ध गराउने क्रममा ती कागजातको गोपनीयता चुहिएको अवस्था देखिएको थियो । त्यसपछि कागजातमा उल्लेखित विवरणलाई आधार बनाएर विभिन्न किसिमका प्रचार गरिएको उनको भनाइ छ ।

भ्याटसम्बन्धी कागजातमा उल्लेख भएका प्यान नम्बर र ती नम्बरअन्तर्गत रहेका फर्मका विषयमा समेत गलत व्याख्या गरिएको कर्णले दाबी गरे । एउटै प्यान नम्बरबाट एकभन्दा बढी प्रकृतिका व्यवसाय सञ्चालन गर्न सकिने कानुनी व्यवस्थालाई बेवास्ता गरी क्याम्पस प्रशासनलाई विवादमा तान्ने प्रयास भएको उनले बताए ।

पटेल अण्डा उद्योगसँग जोडेर सामाजिक सञ्जालमा गरिएको प्रचारबारे पनि कर्णले स्पष्टीकरण दिएका छन् । उनका अनुसार उक्त व्यवसायका सञ्चालक रुपेश पटेलकै नाममा पटेल होटलसमेत सञ्चालनमा रहेको छ ।

क्याम्पसमा आउने अतिथिका लागि उक्त होटलबाट खाना तथा नास्ता उपलब्ध गराइएको र त्यसबापत भुक्तानी गरिएका बिललाई अण्डा खरिदको बिलका रूपमा सामाजिक सञ्जालमा प्रचार गरिएको कर्णको दाबी छ ।

त्यसैगरी, आरती किराना तथा कस्मेटिक्सका सञ्चालक सरोजकुमार यादवको प्यान नम्बरमा आरती ट्राभल्स एण्ड टुर्ससमेत रहेको उनले बताए । क्याम्पसले उक्त ट्राभल्ससँग गरेको वार्षिक सम्झौताअनुसार विद्यार्थी तथा कार्यालय प्रयोजनका लागि प्रयोग भएका सवारीसाधनको भुक्तानीलाई विभिन्न खाद्यान्न तथा अन्य सामग्री खरिदसँग जोडेर प्रचार गरिएको उनको भनाइ छ ।

क्याम्पस प्रमुख कर्णले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका विषयमा धारणा बनाउनुअघि सम्बन्धित तथ्य तथा कागजातको वास्तविकता अध्ययन गर्न आग्रह गरेका छन् । क्याम्पस प्रशासन पारदर्शी ढंगले काम गरिरहेको दाबी गर्दै उनले क्याम्पस सुधारका लागि अघि बढाइएका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशसभाको अधिवेशन शनिबारदेखि, दिउँसो १ बजे बैठक बस्ने

दीपावली सकिएसँगै जनकपुरधाममा छठ पर्वको तयारी शुरु, श्रृङ्गार्न थालियो छठ घाट

देशभर छठ पर्वको रौनक, आजदेखि ‘नहाय–खाय’ विधिबाट सुरु

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि