nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा प्रभातफेरी र सचेतना र्‍यालीसहित विश्व मुटु दिवस मनाइयो

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १३, २०८३, ८:३८ मध्यान्ह
जनकपुरधाममा प्रभातफेरी र सचेतना र्‍यालीसहित विश्व मुटु दिवस मनाइयो

जनकपुरधाम/असोज १३ गते। विश्व मुटु दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी, सचेतना र्‍याली तथा स्वास्थ्य शिविर आयोजना गरी विश्व मुटु दिवस मनाइएको छ।

लायन्स क्लब अफ जनकपुरधाम र लायन्स क्लब अफ जनकपुरधाम गार्गीको संयुक्त आयोजनामा ‘मुटुलाई धड्किन देऊ’ भन्ने नाराका साथ मंगलबार प्रभातफेरी तथा सचेतना र्‍याली निकालिएको हो।

जनकपुरधामको रामानन्द चोकबाट सुरु भएको प्रभातफेरी तथा सचेतना र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर समापन भएको थियो।

हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाइन्छ। सोही अवसरमा जनकपुरधाममा मुटुको स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो।

प्रभातफेरी तथा सचेतना र्‍यालीपछि जानकी मन्दिरको प्राङ्गणमा उच्च रक्तचाप तथा मधुमेह (सुगर) जाँच शिविर सञ्चालन गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य समुदायमा मुटुको स्वास्थ्यप्रति सचेतना फैलाउनुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा ‘मुटुको धड्कनलाई टुट्न नदिनुहोस्’ र ‘स्वस्थ मुटुले सुदृढ समुदाय निर्माण गर्छ’ भन्ने सन्देश प्रवाह गरिएको थियो।

त्यस्तै, ‘उज्ज्वल भविष्य’, ‘सक्रिय बनौँ, स्वस्थ रहौँ’, ‘स्वस्थ खाऔँ, स्वस्थ जीवन बिताऔँ’ र ‘सुर्तीजन्य पदार्थलाई अस्वीकार गरौँ’ जस्ता नारामार्फत सक्रिय जीवनशैली अपनाउन, स्वस्थ खानपानमा ध्यान दिन तथा सुर्तीजन्य पदार्थबाट टाढा रहन आह्वान गरिएको थियो।

मुटु रोगको जोखिम कम गर्न नियमित शारीरिक गतिविधि गर्ने, सन्तुलित खानपान अपनाउने, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने र आफ्नो स्वास्थ्यप्रति सचेत रहने विषयमा कार्यक्रममार्फत जोड दिइएको थियो।

कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, लियो क्लब अफ जनकपुरधाम, लियो क्लब अफ जनकपुरधाम क्यापिटल र लियो क्लब अफ जनकपुरधाम मेडिकोजको सहकार्य रहेको थियो।

कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधाम र लायन्स क्लब अफ जनकपुरधाम गार्गीका अध्यक्ष तथा पदाधिकारी, लियो क्लब अफ जनकपुरधाम, लियो क्लब अफ जनकपुरधाम क्यापिटल र लियो क्लब अफ जनकपुरधाम मेडिकोजका अध्यक्ष तथा पदाधिकारी, लायन्स तथा लियो सदस्य, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामका पदाधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो।

Tags: समाचार

Discussion about this post

Related Posts

नेपालमा बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक

नेपालमा बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्मा नै किन ?

कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्मा नै किन ?

गौरमा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु, चालक फरार

गौरमा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु, चालक फरार

बारामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

बारामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि