nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अविरल वर्षा रोकिएसँगै राजमार्गहरू खुलाउने प्रयास तीव्र, काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुल्ने लक्ष्य

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १२, २०८३, ११:५८ बिहान
अविरल वर्षा रोकिएसँगै राजमार्गहरू खुलाउने प्रयास तीव्र, काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुल्ने लक्ष्य

काठमाडौं/असोज १२ गते। लगातारको झरी थामिएसँगै बाढी र पहिरोका कारण अस्तव्यस्त बनेका देशका प्रमुख राजमार्गहरू सफा गरी यातायात पुनः सञ्चालनमा ल्याउने कार्यले तीव्रता पाएको छ। काठमाडौँ उपत्यकालाई जोड्ने मुख्य सडकमार्गहरू आज दिउँसोसम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ।

गत बुधबारदेखि परेको अविरल वर्षाका कारण राजधानी छिर्ने र निस्कने जीवनरेखा मानिएका पृथ्वी राजमार्ग र बीपी राजमार्गसहित देशभरका दर्जनाौँ सडकखण्ड अवरुद्ध भएका थिए।

आइतबारदेखि मौसममा सुधार आएसँगै नारायणगढ–मुग्लिन खण्ड खुलाएर पोखरातर्फका सवारीसाधन सञ्चालन भइसकेका छन्। मुग्लिन–काठमाडौँ खण्डका अधिकांश स्थानमा पहिरो हटाइसकिएको भए पनि केही ठाउँमा अझै एकतर्फी मात्र गाडी चलिरहेका छन्।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित पानीधारामा आइतबार साँझ विशाल ढुंगासहित पुन: पहिरो खसेपछि दुवैतर्फको यातायात ठप्प भएको थियो। रातको समयमा काम गर्न जोखिमपूर्ण भएकाले रोकिएको पहिरो पन्छाउने कार्य सोमबार बिहानैदेखि सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पानीधाराको अवरोध हटाउनासाथ काठमाडौँ आउजाउ गर्ने मुख्य बाटो सहज हुनेछ। प्रहरीले कृष्णभिर क्षेत्रको सडक अवस्था जाँच गरेर मात्रै पूर्ण रूपमा गाडी छाड्ने वा नछाड्ने निर्णय लिइने जनाएको छ।

यसैगरी बाढीपहिरोका कारण कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडकखण्ड, तमोर करिडोर (मूलघाट–फिदिम), राप्ती राजमार्ग (दाङ–सल्यान), कर्णाली राजमार्ग र भालुबाङ–चकचके–लिवाङ सडकखण्ड पनि अवरुद्ध बनेका छन्। यी क्षेत्रहरूमा गेग्रान हटाउने र आवश्यक ठाउँमा वैकल्पिक डाइभर्सन निर्माण गरी यातायात सुचारु गर्ने प्रयास भइरहेको सम्बन्धित जिल्लाका प्रहरी अधिकारीहरूले बताएका छन्।

Tags: समाचार

Discussion about this post

Related Posts

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

रौतहटमा सालको काठसहित एक जना पक्राउ

रौतहटमा सालको काठसहित एक जना पक्राउ

गोली फायर गरी लागूऔषधसहित एक पक्राउ

गोली फायर गरी लागूऔषधसहित एक पक्राउ

सूचनामा विश्वव्यापी पहुँचको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सूचनामा विश्वव्यापी पहुँचको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि