nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ११, २०८३, ९:३५ मध्यान्ह
कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

असोज ११ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले धनुषामा संगठनात्मक गतिविधि तीव्र बनाएको छ ।

देउवा पक्षले महाधिवेशन तयारी, नेता कार्यकर्ता समन्वय तथा संगठन परिचालनका लागि नेता कोमलकान्त झालाई धनुषाको जिम्मेवारी दिएको जनाएको छ ।

झाले शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत धनुषामा महाधिवेशनसम्बन्धी तयारी अघि बढाइएको जानकारी दिएका हुन् ।

उनका अनुसार वडा तहदेखि जिल्ला तहसम्मका नेता तथा कार्यकर्ताबीच समन्वय गर्दै अधिवेशन प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक छलफल र संगठन परिचालनलाई निरन्तरता दिइनेछ ।

पत्रकार सम्मेलनमा झाका अनुसार यसअघि धनुषाका देउवा पक्षीय नेता तथा कार्यकर्ताबीच जिल्लास्तरीय बैठकसमेत सम्पन्न भएको थियो । बैठकमा वडा, पालिका, क्षेत्र र जिल्ला तहमा संगठनात्मक तयारी, नेता कार्यकर्ताबीच समन्वय तथा महाधिवेशनका लागि आवश्यक तयारीबारे छलफल भएको थियो ।

यस्तो छ देउवा पक्षको प्रस्तावित कार्यतालिका
झाका अनुसार देउवा पक्षले अघि सारेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन तथा मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको छ ।

धनुषामा पनि सोही कार्यतालिकालाई आधार बनाएर अधिवेशनको तयारी अघि बढाउने झाको भनाइ छ । उनले जिल्लाका सबै तहका नेता तथा कार्यकर्तासँग समन्वय गरी संगठनलाई सक्रिय बनाउने र अधिवेशनमा आवश्यक तयारी पूरा गर्ने जानकारी दिए ।

कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र भने फरकफरक कार्यतालिकाअनुसार तयारी अघि बढिरहेको छ । सभापति गगनकुमार थापा नेतृत्वको पक्षले असोज ३ र ४ गते वडा अधिवेशनबाट प्रक्रिया अघि बढाएको छ भने देउवा पक्षले असोज १५ गतेदेखि छुट्टै कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाउने जनाएको छ ।

धनुषामा देउवा पक्षले आफ्नो संगठनात्मक तयारीलाई तीव्रता दिएसँगै जिल्लामा कांग्रेसको आन्तरिक महाधिवेशन गतिविधि थप सक्रिय बनेको छ ।

पत्रकार सम्मेलनमा जिल्ला उपसभापति लक्ष्मीनारायण यादव, पूर्वसांसद स्मृतिनारायण चौधरी, पूर्वसांसद प्रमिला दास, पूर्वजिल्ला सभापति महेशशंकर गिरी, जिल्ला सचिव कन्हैया कर्ण, वरिष्ठ नेता गणेश तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशका अध्यक्ष रामभरत साह, जिल्ला समन्वय समिति धनुषाकी उपसभापति संगिता ठाकुर, मुस्लिम संघ धनुषाका अध्यक्ष मो. इब्राहिम तथा क्षेत्रीय सभापति रामचन्द्र पजियारलगायतको सहभागिता रहेको थियो ।

त्यस्तै, नेता सुरेश कोइराला, तरुण दल धनुषाका अध्यक्ष सञ्जय लाभ कर्ण, क्षेत्रीय सचिव हरि राउत, कमलकान्त झा तथा विभिन्न तहका पदाधिकारी, युवा र महिला प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि