nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ९, २०८३, ८:०९ मध्यान्ह
आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

काठमाडौं/असोज ९ गते। आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने भएको छ । तर अन्य प्रदेशमा भने मंगलबारसम्मै वर्षा हुने प्रक्षेपण गरिएको छ ।

नेपालमा हाल मनसुनको सक्रिय उत्तरार्ध चरणसँगै बंगालको खाडीबाट आएको न्यूनचापीय प्रणाली र सुदूरपश्चिममा रहेको कमजोर पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशभरी व्यापक वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको वर्षा निगरानी अनुसार पाल्पाको अर्चले (लुम्बिनी प्रदेश) मा सर्वाधिक २०५.२ मिमी वर्षा मापन गरिएको छ। पूर्वी लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै मध्यपहाडी तथा भित्री तराईका स्टेसनहरूमा ८० देखि १२० मिमी वर्षा  भएको छ। यो परिमाण धेरै भारी देखि अति भारी वर्षाको वर्गमा पर्दछ।

जल तथा मौसम विज्ञान विभागको पछिल्लो मोडल चक्रअनुसार असोज ९ (शुक्रबार) र १० गते (शनिबार) वर्षाको चरम अवस्था रहनेछ, जसका लागि मध्य तथा पश्चिमी भूभागमा रातो र सुन्तला रङको उच्च सतर्कता चेतावनी जारी गरिएको छ।

विभागको पछिल्लो मोडलले आगामी ४८ घण्टासम्म  वर्षा रहने देखाएको छ। मुख्य भारी वर्षाको केन्द्र सुरुमा मध्य र पश्चिमी पहाडमा रहने र क्रमशः पश्चिमी उत्तर प्रदेशतर्फ सर्दा वर्षाको केन्द्र पनि पश्चिमतिर सर्नेछ।

एआई आधारित प्रणालीहरूले गण्डकी र लुम्बिनीसहित शनिबार राति र आइतबार बिहान पश्चिमी भूभामा तीव्र वर्षाको सम्भावना देखाएका छन्।

आइतबारदेखि पूर्वी क्षेत्रबाट मौसममा क्रमिक सुधार आउँदै असोज सोमबार र मंगलबार सम्ममा देशैभरि मौसम सामान्य  हुने देखिन्छ।

प्रदेशगत रूपमा हेर्दा, कोशी र मधेश प्रदेशमा असोज ९ गते भारी देखि धेरै भारी वर्षा भए तापनि असोज १० गतेबाट वर्षाको तीव्रता घट्दै मौसममा सुधार आउनेछ।

बागमती र गण्डकी प्रदेशका काठमाडौँ उपत्यका, पोखरा लगायत मध्यपहाडी क्षेत्रमा असोज ९ र १० गते भारी देखि धेरै भारी वर्षाको जोखिम उच्च छ भने असोज ११ पछि वर्षा कम हुनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी ५ दिनको कुल वर्षा सर्वाधिक हुने अनुमान छ; विशेष गरी असोज ९ र १० गते लुम्बिनी तथा असोज १० र ११ गते कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा धेरै भारी र १-२ स्थानमा अति भारी वर्षाको सम्भावनासहित उच्च जोखिम रहनेछ।

Tags: समाचार

Discussion about this post

Related Posts

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

वीरगन्जबाट ब्राउन सुगर र अफिमसहित दुई जना पक्राउ

वीरगन्जबाट ब्राउन सुगर र अफिमसहित दुई जना पक्राउ

बारामा बढ्दो आपराधिक घटना : सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न

बारामा बढ्दो आपराधिक घटना : सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि