nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ९, २०८३, १:०६ मध्यान्ह
यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

काठमाडौं/असोज ९ गते । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘म हिमालयको काखमा रहेको नेपालबाट एउटा गम्भीर चेतावनी बोकेर आएको छु- यो चेतावनी केवल नेपालका लागि मात्र नभई सम्पूर्ण मानवताका लागि हो।’

सम्बोधनका क्रममा उनले विकास, लोकतन्त्र, शान्ति र युवा पुस्ताको आशाबारे मात्रै चर्चा गर्न चाहेको भए पनि देशमा हालै आएको ठूलो विपद्का कारण मृत्यु र विनाशको पीडा बोल्न बाध्य भएको बताए।

‘म आज ती परिवारका बारेमा बोलिरहेको छु, जसले आफ्ना प्रियजन गुमाएका छन् वा कहिल्यै नफर्कने आशामा पर्खिरहेका छन्,’ उनले भने, ‘हिलो, चट्टान र बाढीका बीच आफ्ना आफन्त खोजिरहेका समुदायको पीडा व्यक्त गरिरहेको छु, जहाँ कतिपयका शवसमेत कहिल्यै फेला नपर्न सक्छन्।’

केही मिनेटको बाढी-पहिरोले पुल, सडक, विद्यालय, घर र मानिसहरूको जीविकोपार्जन एकाएक बगाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले दिगो विकासको लक्ष्यतर्फ अघि बढिरहेको नेपाललाई यस विपद्ले ठूलो धक्का पुर्‍याएको बताए।

हिमाली समुदायलाई तहसनहस बनाएको यो विनाशकारी घटनालाई ‘माउन्टेन सुनामी’ वा ‘हिमालयन सुनामी’को रूपमा चित्रण गर्दै शाहले भने, ‘भोटेकोसी-त्रिशूली विपद् केवल स्थानीय त्रासदी मात्र थिएन, यो जलवायु संकटबारे विश्वका लागि एउटा ठूलो चेतावनी थियो। के तपाईंहरूले त्यो चेतावनी वास्तवमै सुन्नुभएको छ?’

करिब तीन वर्षअघि सगरमाथाको आधार शिविर नजिकै उभिएर संयुक्त राष्ट्रसङ्घका महासचिवले मानवतामाथि आइरहेको जलवायु संकटबारे चेतावनी दिएको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, ‘विश्वकै छानोबाट आएको त्यो पुकार पर्याप्त रूपमा सुनिएन। वैज्ञानिकहरूले प्रमाणसहित चेतावनी दोहोर्‍याए पनि राजनीतिक नेतृत्वले त्यसलाई आवश्यक गति र ठोस कार्यमा रूपान्तरण गर्न सकेन।’

गत महिना नेपालले भोगेको दुःखद परिणाम त्यसैको नतिजा भएको बताउँदै उनले थपे, ‘जलवायु परिवर्तनले संवेदनशील हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ। पग्लिँदो पर्माफ्रस्ट (स्थायी तुषारो) ले हिमाली भिरालो भागलाई चिरा पारिरहेको छ भने हिमनदीमुनिका संरचना कमजोर भई बरफ र चट्टानको पहिरो जाने जोखिम बढाएको छ।’

प्रधानमन्त्री शाहले हिमालयमा देखिएका यी संकट नेपालको मात्र नभई सिङ्गो विश्वकै साझा चुनौती भएकाले तत्काल ठोस विश्वव्यापी कदम चाल्नुपर्नेमा जोड दिए।

Tags: समाचार

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि