जनकपुरधाम/भदौ १८ गते । सरकारले कृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ। त्यसपछि शनिबार र आइतबार नियमित साप्ताहिक बिदा परेकाले शुक्रबारदेखि आइतबारसम्म लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ।
सरकारले कृष्ण जन्माष्टमी तथा गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबारदेखि तीन दिन कार्यालय तथा सरकारी निकायहरू बन्द रहनेछन्। शनिबार र आइतबार नियमित साप्ताहिक बिदा भएकाले सेवाग्राहीले लगातार तीन दिनको बिदा पाउने भएका हुन्।
यसैबीच, सरकारले भदौ २३ गते ‘जेनजी आन्दोलन’ भएको दिनको सम्झनामा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति सम्मान प्रकट गर्न सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।















Discussion about this post