nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ९, २०८३, ९:१३ मध्यान्ह
प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

सञ्जय मिश्रा/रौतहट/भदौ ९ गते। रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताललाई सुविधासम्पन्न बनाउने दिशामा मधेस प्रदेश सरकारले महत्वपूर्ण कदम अघि बढाएको छ।

अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन गर्न आवश्यक भवन निर्माण तथा मेसिन खरिदका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।

लामो समयदेखि जिल्लावासीले प्रादेशिक अस्पताल गौरमा सिटी स्क्यान सेवा सञ्चालनको माग गर्दै आएका थिए। बिरामीको माग र अस्पतालको आवश्यकतालाई सम्बोधन गर्न मुख्यमन्त्री कृष्णप्रसाद यादवको विशेष पहल तथा चासोपछि बजेटमा शीर्षक नै तोकेर १० करोड रुपैयाँ विनियोजन गरिएको बताइएको छ।

मुख्यमन्त्री यादवले रौतहटको स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकारको प्राथमिकतामा प्रादेशिक अस्पताल गौरलाई राख्नुपर्नेमा जोड दिँदै बजेट व्यवस्थापनका लागि पहल गरेको प्रदेश सरकारका अधिकारीहरूको भनाइ छ।

मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई ‘समीर’का अनुसार आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्रादेशिक अस्पताल गौरको नाम नै किटान गरेर सिटी स्क्यान मेसिन खरिद तथा आवश्यक भवन निर्माणसम्बन्धी कार्यक्रम समावेश गरिएको छ।

अर्थमन्त्री भट्टराईले सिटी स्क्यान सेवाको अभावका कारण गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर लैजानुपर्ने बाध्यता रहेको भन्दै अब उक्त समस्या अन्त्य गर्ने उद्देश्यले बजेट छुट्याइएको बताएका छन्। उनी न्युज कारखानासँग कुरा गर्दै ‘प्रादेशिक अस्पताल गौरमै सिटी स्क्यान सेवा सञ्चालन भएपछि सर्वसाधारणले उपचारका लागि वीरगञ्ज, जनकपुर तथा सीमावर्ती भारतीय सहरसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ,’ उनले भनेका छन्।

रौतहटबाटै प्रदेशको नेतृत्व गर्ने अवसर पाएका मुख्यमन्त्री यादवले जिल्लाको स्वास्थ्य पूर्वाधार सुधारलाई प्रदेश सरकारको प्राथमिकतामा राख्न खोजेको पछिल्लो बजेटबाट देखिएको छ।

सिटी स्क्यानका लागि छुट्टै १० करोड रुपैयाँ विनियोजन हुनु सामान्य बजेट व्यवस्थापनभन्दा पनि जिल्लाको लामो समयदेखिको स्वास्थ्यसम्बन्धी मागलाई सम्बोधन गर्ने राजनीतिक तथा प्रशासनिक पहलको परिणामका रूपमा हेरिएको छ।

प्रादेशिक अस्पताल गौरमा सिटी स्क्यान सेवा सञ्चालन भएपछि टाउकोमा चोट लागेका, मस्तिष्कसम्बन्धी समस्या भएका, दुर्घटनाका घाइते तथा अन्य गम्भीर बिरामीको परीक्षण जिल्लामै गर्न सकिनेछ। यसले बिरामीको समय र उपचार खर्च दुवै घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर, बजेट विनियोजनपछि यसको कार्यान्वयन पक्ष पनि उत्तिकै महत्वपूर्ण हुनेछ। भवन निर्माण, मेसिन खरिद, दक्ष रेडियोलोजिस्ट तथा प्राविधिक जनशक्ति व्यवस्थापन र नियमित मर्मतसम्भारको व्यवस्था गर्न सके मात्र १० करोडको लगानीले अपेक्षित परिणाम दिन सक्नेछ।

एउटै जिल्लाका मुख्यमन्त्री, अर्थ र स्वास्थ्य मन्त्री

मधेस प्रदेश सरकारमा यसपटक रौतहटले महत्वपूर्ण राजनीतिक प्रतिनिधित्व पाएको छ। मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव, अर्थमन्त्रीमा युवराज भट्टराई ‘समीर’ र स्वास्थ्य मन्त्रीमा नागेन्द्र साह रहेका छन्।

मुख्यमन्त्री, अर्थ र स्वास्थ्य मन्त्रालयको नेतृत्वसँग रौतहटकै प्रत्यक्ष सम्बन्ध रहेकाले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासमा स्वाभाविक रूपमा अपेक्षा बढेको छ।
यही अवसरमा प्रादेशिक अस्पताल गौरका लागि १० करोड रुपैयाँ विनियोजन हुनुलाई जिल्लावासीले सकारात्मक रूपमा लिएका छन्। मुख्यमन्त्रीको पहल, अर्थ मन्त्रालयको बजेट व्यवस्थापन र स्वास्थ्य मन्त्रालयको कार्यान्वयनबीच समन्वय हुन सकेमा प्रादेशिक अस्पताल गौरलाई जिल्लाको प्रमुख उपचार केन्द्रका रूपमा विकास गर्ने आधार तयार हुन सक्छ।

अब भने जिल्लावासीको चासो बजेट विनियोजनमै सीमित छैन। १० करोडको योजना कहिले कार्यान्वयन हुन्छ, सिटी स्क्यान मेसिन कहिले जडान हुन्छ र सर्वसाधारणले सेवा कहिलेदेखि पाउँछन् भन्ने विषयले यसको वास्तविक सफलता निर्धारण गर्नेछ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

डेढलाख घुस लिने जनकपुरका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हिमालयन लाइफका तत्कालीन सीईओ कर्णलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ

यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

सिरहाको गोलबजार–३ गागन खोलामा महिलाको शव फेला, पहिचान खुल्यो

जनमत पार्टीको केन्द्रीय समितिको बैठक साउन १८ गते

जनमतले थाले दोस्रो महाधिवेशनकाे तयारी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि