nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पुटिनकाे भ्रमण पछि जापानले आपत्ति जनाएको टापुमा छ सुनचाँदीको बिशाल भण्डार

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३०, २०८३, ११:०१ बिहान
पुटिनकाे भ्रमण पछि जापानले आपत्ति जनाएको टापुमा छ सुनचाँदीको बिशाल भण्डार

टोकियो/साउन ३० गते। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पहिलो पटक कुरिल टापुहरूको भ्रमण गरेका थिए, जुन भ्रमणलाई लिएर जापनले आपत्ति जनाएको छ ।

पुटिनले यस ज्वालामुखी शृङ्खलाअन्तर्गत पर्ने दक्षिणी टापुहरूमध्येको एक ‘इतुरुप टापु’मा रहेको माछा प्रशोधन केन्द्रमा मात्रै गएनन, उनले त्यहाँ माछाको अन्डाको पनि स्वाद लिए र त्यहाँका अस्पताल र विद्यालयको निरीक्षण गरेका थिए ।

तर, रूसी राष्ट्रपति पुटिनको यस भ्रमणले जापानलाई भने निकै नै आक्रोशित बनाएको छ । जापानले प्रशान्त महासागरमा अवस्थित र बहुमूल्य धातुहरूले भरिपूर्ण तर मस्कोको नियन्त्रणमा रहेका यी टापुहरूमाथि आफ्नो दाबी गर्दै आएको छ। यसै कारणले गर्दा जापानी सरकारले उक्त भ्रमणलाई लिएर कूटनीतिक विरोधसमेत जनाइसकेको छ। यी टापुहरूलाई लिएर दुई देशबीच विगत ८० वर्षदेखि विवाद चलिरहेको छ।

कुरिल टापुहरूमा पुटिनको भ्रमणबारे प्रतिक्रिया दिँदै जापानी प्रधानमन्त्री सानाए ताकाइचीले रुसी राष्ट्रपतिको यस कदमले मस्कोप्रति जापानी जनभावनालाई अझ बिगारेको बताएकी छन्। ऐतिहासिक रूपमा र अन्तर्राष्ट्रिय कानुन अनुसार पनि यी टापुहरू जापानी भू भागको अभिन्न अंग भएको दावी गर्दै जापानी प्रधानमन्त्री ताकाइचीले पुटिनले यो टापुको भ्रमण गरेकोमा आपत्ति जनाएकी हुन् ।

खास बिबाद के हो ?

कुरिल टापुहरू जापानको उत्तरी टापु होक्काइडो र रुसको कामचाट्का प्रायद्वीपको बीचमा अवस्थित छन्। जापानले यस शृङ्खलाका सबैभन्दा दक्षिणमा रहेका चारवटा टापुहरू माथि आफ्नो क्षेत्रीय दाबी गर्दै तिनलाई ‘उत्तरी भूभाग’ भन्ने गर्दछ। दोस्रो विश्वयुद्धको अन्तिम चरणमा सोभियत संघले जापानबाट यी टापुहरू आफ्नो नियन्त्रणमा लिएको थियो। यसै कारणले गर्दा यी दुई राष्ट्रहरूबीच शान्ति सम्झौता हुन सकेको छैन, ८० बर्ष देखी बिबादको घेरामा पर्दै आएको छ।

तर, यी टापुहरू हाल रुसी प्रशासनको नियन्त्रणमा छन्। दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत सेनाले यो द्वीपसमूह आफ्नो कब्जामा लिएको थियो र त्यहाँ बसोबास गर्ने करिब १७ हजार जापानी नागरिकहरूलाई लखेटेको थियो। फलस्वरूप, यी टापुहरूलाई लिएर विवाद अझै पनि कायमै छ। टापुहरूको रणनीतिक महत्त्व र त्यहाँ पाइने बहुमूल्य धातुहरूका कारण दुबै मुलुकले एक शताब्दी लागिसक्दा पनि आफ्नो दाबी छोड्न तयार छैन्।

हाल यी टापुहरूमा करिब २० हजार रूसी नागरिकहरू बसोबास गर्छन्। उनीहरूमध्ये अधिकांश इतुरुप र कुनाशीरमा बसोबास गर्छन्। दोस्रो विश्वयुद्धको अन्त्यमा भएको सोभियत कब्जा अघि यी चारवटा टापुमा आदिवासी आइनु समुदायका साथै करिब १७ हजार जापानी नागरिकहरू बसोबास गर्थे तर सोभियत संघको कब्जा पछि उनीहरू बिस्थापित भएका थिए ।

कुरिल द्वीपसमूह ५६ वटा टापुहरू मिलेर बनेको एक विशाल ज्वालामुखी शृङ्खला हो। यो शृङ्खला उत्तर प्रशान्त महासागरमा १ हजार २०० किलोमिटरको दूरीसम्म फैलिएको छ। यो चाप रुसको कामचाट्का प्रायद्वीपको दक्षिणी छेउ देखि जापानको सबैभन्दा उत्तरी मुख्य टापु ‘होक्काइडो’ को उत्तर पूर्वी तटसम्म फैलिएको छ।

द्वीपहरूमा छन् सुन र चाँदीको भण्डार

रणनीतिक सैन्य महत्त्वका अतिरिक्त दक्षिणी कुरिल द्वीपहरूमा विशाल आर्थिक स्रोतहरू रहेका छन्। इतुरुप द्वीपमा ‘कुद्र्याभी’ नामक सक्रिय ज्वालामुखी अवस्थित छ। त्यहाँ अत्यन्त दुर्लभ ‘ट्रान्जिसन मेटल’ मानिने ‘रेनियम’ को व्यावसायिक रूपमा उत्खनन गर्न सकिने भण्डार पाइन्छ। कुरिल टापुहरूमा अनुमानित १ हजार ९०० टन सुन र चाँदीका साथै टाइटेनियम, सल्फर, पाइराइट र पोलिमे्टालिक (बहु धातुयुक्त) अयस्कको ठूलो भण्डार रहेको छ। यसका साथै, वरपरका जलक्षेत्रमा प्राकृतिक ग्याँस र तेलको सम्भावना पनि रहेको छ। फलस्वरुप, यी टापुहरूको महत्त्व अझ बढेको छ।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि