nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानित

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २५, २०८३, ६:२३ मध्यान्ह
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानित

साउन २५ गते। मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–१, कचन्दाहाका राजु पासवानलाई बैद्य–प्रकाश मानव अधिकार पुरस्कार–०८३ बाट सम्मान गरिएको छ।

३४ औँ प्रकाश स्मृति दिवसका अवसरमा २०८३ साउन २५ गते राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा पासवानलाई ११ हजार पाँच सय रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो।

मधेश प्रदेश सभाका सभामुख राम आशिष यादवको प्रमुख आतिथ्य तथा उच्च अदालत जनकपुर–राजविराज इजलासका मुख्य न्यायाधीश सुभाष पौडेलको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

इन्सेक मधेश प्रदेशका संयोजकसमेत रहनुभएका पासवान विगत साढे दुई दशकदेखि मानव अधिकार, सामाजिक न्याय र समुदाय सशक्तीकरणका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। विभेद तथा हिंसाबाट प्रभावित समुदायको अधिकार संरक्षण, पीडितको उद्धार, पुनर्स्थापना, कानुनी पैरवी र सामाजिक न्याय प्रवर्द्धनमा उहाँले पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो।

बैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको साउन १४ गते बसेको बैठकले पासवानलाई एघारौँ पटकको पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। इन्सेकद्वारा ‘२१औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित बैद्यनाथ झाले प्राप्त गरेको ५० हजार रुपैयाँबाट उक्त कोष स्थापना गरिएको थियो। कोषले ०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार, नागरिक अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने एक जना व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।

यसैगरी, उर्मिलादेवी झा स्मृति मैथिली लोकगीत गायन पुरस्कार–०८३ राजगढ गाउँपालिकाकी तथा हाल राजविराज नगरपालिका–६ मा बसोबास गर्दै आएकी शीलमदेवी झालाई प्रदान गरिएको छ।

प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आफ्नी भाइबुहारी स्वर्गीय उर्मिला देवी झाको स्मृतिमा स्थापना गर्नुभएको उक्त पुरस्कारको राशि २ हजार ५ सय रुपैयाँ रहेको छ। मैथिली महिला परिषद्को सिफारिसका आधारमा मैथिली भाषा, लोककला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लोकगायनमार्फत पुर्‍याएको योगदानको कदर गर्दै शीलमदेवी झालाई सम्मान गर्ने निर्णय गरिएको बैद्यनाथ झाले जानकारी दिनुभयो।

उहाँका अनुसार स्वर्गीय उर्मिला देवी झाको स्मृतिमा प्रत्येक वर्ष मधुश्रावणी पर्वका अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आइएको छ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

बजेट पेश गर्न नसकेका मधेसका ४ नगरपालिकाको अनुगमन गर्दै

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

के माधुरी दिक्षित र सञ्जय दत्त बिच प्रेम सबन्ध थियो ? ३५ बर्ष पछि बोले साजन निर्देशक

के माधुरी दिक्षित र सञ्जय दत्त बिच प्रेम सबन्ध थियो ? ३५ बर्ष पछि बोले साजन निर्देशक

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि