nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २४, २०८३, ४:४२ मध्यान्ह
हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

ढाका/साउन २४ गते। गत साता दिल्लीबाट आफ्नो पहिलो सार्वजनिक सम्बोधन गर्ने शेख हसिनाको कदम र स्वदेश फर्कने उनको घोषणाले बंगलादेशमा राजनीतिक हलचल मच्चाएको छ।

तारिक रहमानको नेतृत्वमा रहेको सरकारले शेख हसिनाको सम्बोधन प्रति कडा आपत्ति जनाउँदै यसलाई बंगलादेश तथा जुलाई आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको अपमान भनेर  प्रतिक्रिया दिएको छ।

यद्यपि, रहमानकै दल बीएनपीका एक सांसदले भने अब अवामी लिगसँगको एकीकरणबारे कुरा  भइरहेको बताएका छन्। सुनामगन्ज–२ का सांसद नासिर उद्दिन चौधरीले एक सभामा अवामी लिगलाई बंगलादेश नेसनलिस्ट पार्टीको सहयोगीका रूपमा चित्रण गरेका हुन ।

उनको यो भनाइ बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै साताको सुरुमा नयाँ दिल्लीमा पत्रकार सम्मेलन गरेको समयमा आएको हो। ‘फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया’ ले अगस्ट ५ मा उक्त पत्रकार सम्मेलनको आयोजना गरेको थियो। जसमा हसिना यस कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागी भएकी थिइन्। त्यतिबेला उनको क्यामेरा बन्द थियो । उनले अडियोमार्फत उपस्थितहरूलाई सम्बोधन गरिन् र प्रश्नहरूको जवाफ पनि दिइन्। ५ अगस्ट २०२४ मा बंगलादेश छोडेयता हसिनाको यो पहिलो सार्वजनिक उपस्थितिको कार्यक्रम रहेको थियो।

जस पत्रकार सम्मेलनमार्फत शेख हसिनाले डिसेम्बरसम्ममा आफू बंगलादेश फर्कने घोषणा गरेकी थिइन्। अवामी लिगकी नेतृले बंगलादेशमा आफू पक्राउ पर्न वा मारिन सक्ने कुराको हेक्का हुँदाहुँदै पनि आफू स्वदेश फर्कने बताइन्। हसिनाले झुटा मुद्दा र ज्यानको खतराले आफ्नो भविष्य निर्धारण गर्न नसक्ने दृढता व्यक्त गरिन्।

हसिनाको यस पत्रकार सम्मेलनको केही दिनपछि नै बीएनपीका एक सांसदले अवामी लिगलाई सहयोगी दलको रूपमा चित्रण गरेका हुन्। यद्यपि, उनको दल बीएनपीले शेख हसिनालाई निरन्तर रूपमा ‘फासिस्ट’ को संज्ञा दिँदै आएको छ र जुलाई आन्दोलनका प्रदर्शनकारीहरूको नरसंहारका लागि उनैलाई जिम्मेवार ठहर्‍याएको छ।

बंगलादेशको पत्रिका ‘प्रथम आलो’को एक समाचार अनुसार नासिर उद्दिन चौधरीले भविष्यमा यी दुई दलबीच एकीकरण हुन सक्ने सम्भावना पनि व्यक्त गरेका छन ।

चौधरीले भने, ‘अवामी लिग हाम्रो शत्रु होइन, उनीहरू हाम्रा सहयोगी हुन्। हामीले उनीहरूसँग मिलेरै स्वतन्त्रता संग्राम लडेका थियौं। अवामी लिग चाँडै नै बीएनपीमा विलय हुनेछ।’

तर अहिलेसम्म पार्टीभित्र चौधरीको यो भनाइ एक्लो स्वरजस्तै देखिएको छ। अगस्ट ६ मा अर्थात् हसिनाले सम्बोधन गरेको भोलिपल्ट बीएनपीका वरिष्ठ नेता रुहुल कबिर रिजभीले यसको कडा विरोध गरेका थिए। रिजभीले भारतबाट गरिएको हसिनाको सम्बोधनले जुलाई विद्रोहका सहिदहरूको अपमान गरेको टिप्पणी गरेका थिए ।

डेली स्टारको एक समाचार अनुसार रिजभीले दाबी गरे कि हसिनाको सम्बोधनको समय भारतीय नीति निर्माताहरूले तय गरेका थिए। उनले यसलाई जुलाई २०२४ को क्रान्तिका सहिदहरूको जानाजान गरिएको अपमानको रूपमा वर्णन भने गरेका छन । उनले भारतीय भूमिबाट हसिनालाई वक्तव्य जारी गर्न दिनु बंगलादेशको सार्वभौमिकताको उल्लंघन भएको बताउन भने छाडेनन् ।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि