nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गुणस्तरीय शिक्षासँगै विद्यालयमा खेलकुद विस्तार सरकारको प्राथमिकता : मन्त्री सस्मित पोखरेल

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ११, २०८३, ११:१८ मध्यान्ह
गुणस्तरीय शिक्षासँगै विद्यालयमा खेलकुद विस्तार सरकारको प्राथमिकता : मन्त्री सस्मित पोखरेल

जनकपुरधाम/साउन ११ गते । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गुणस्तरीय शिक्षासँगै विद्यालय तहमा खेलकुद गतिविधिको विस्तार सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन्।

जनकपुरधामस्थित संकट मोचन देवशरण रामरती माध्यमिक विद्यालय मा आयोजित कार्यक्रममा विद्यार्थीलाई खेल सामग्री वितरण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अध्ययन र खेलकुदलाई समान महत्व दिनुपर्ने बताएका हुन्। उनले खेल सामग्रीको उपलब्धता तथा आवश्यक खेल पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिइरहेको उल्लेख गरे।

उनका अनुसार खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास तथा स्वस्थ जीवनशैलीको विकास गर्ने भएकाले विद्यालय तहदेखि नै खेल संस्कृतिको विकास गर्न आवश्यक छ। यही उद्देश्यअनुरूप सरकारले सामुदायिक विद्यालयमा खेल सामग्री वितरण, विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन तथा प्रतिभाशाली खेलाडी उत्पादन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए।

मन्त्री पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्रदेश सरकार बहुआयामिक रूपमा अघि बढिरहेको बताए। उनले हालै राजर्षी जनक विश्वविद्यालय का उपकुलपतिसँग शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक सुधार तथा भौतिक पूर्वाधार विकासका विषयमा विस्तृत छलफल भएको जानकारी दिँदै विश्वविद्यालयको आफ्नै भवन निर्माण, घेराबार तथा जग्गा व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।

विश्वविद्यालयलाई व्यवस्थित, गुणस्तरीय तथा प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा विकास गर्न सरकार आवश्यक सबै सरोकारवालासँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ थियो।

मन्त्री पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै आवश्यक प्रतिवेदन प्रदेश सरकारसमक्ष बुझाइसकिएको र कार्यान्वयन प्रक्रिया अगाडि बढिरहेको बताए। शिक्षा क्षेत्रमा अझै केही चुनौती बाँकी रहे पनि संरचनागत सुधार, गुणस्तरीय शिक्षण–सिकाइ, शिक्षकको क्षमता अभिवृद्धि, विद्यालय व्यवस्थापन सुदृढीकरण तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए।

सरकारले शिक्षा क्षेत्रमा देखिएका समस्याको समाधानमा ढिलाइ नगर्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै उनले कुनै पनि विषय सार्वजनिक भएलगत्तै सम्बन्धित निकायलाई सक्रिय बनाइने बताए। पछिल्लो समय सार्वजनिक भएको प्रश्नपत्र बाहिरिएको घटनामा २४ घण्टाभित्रै मुख्य आरोपी पक्राउ परिसकेको र थप अनुसन्धान जारी रहेको जानकारी पनि उनले दिए।

यसअघि आयोजित कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयका विद्यार्थीलाई भलिबल, क्रिकेट, ब्याडमिन्टनलगायत विभिन्न खेल सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मन्त्री पोखरेलले देशभरका सामुदायिक विद्यालयमा खेलकुद गतिविधिको दायरा अझै विस्तार गर्दै आवश्यक सामग्री उपलब्ध गराउने, विद्यालयस्तरीय प्रतियोगितालाई नियमित बनाउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!