सप्तरी/साउन ७ गते। सप्तरी प्रहरीले ३ हजार ३३२ किलोभन्दा बढी लागूऔषध गाँजा बरामद गर्दै तीनवटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार बिहान तिलाठी कोइलाडी गाउँपालिका–५ क्षेत्रमा विशेष चेकजाँचका क्रममा ३ हजार ३३२।४६० किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको हो।
हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका बा।प्र।०१–०२५ च ०४३६ नम्बरको स्कारपियो, प्र १–०४–००१ च १५०७ नम्बरको पिकअप र बा।प्र।०१–०२९ च ९५८६ नम्बरको पिकअप लाई शंका लागेपछि प्रहरीले रोकी जाँच गरेको थियो। सो क्रममा तीनै सवारीसाधनबाट ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएका तीनवटै सवारीसाधन नियन्त्रणमा लिइएको छ भने चालकहरू फरार रहेका छन्।
बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कर्पियोबाट १९ बोरामा रहेको ५२३.६४० किलोग्राम, प्र १–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको १ हजार ६६८.११० किलोग्राम तथा बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा रहेको १ हजार १७०.७१० किलोग्राम गाँजा बरामद गरिएको हो।
फरार चालकहरूको खोजी जारी रहेको छ भने बरामद गरिएको गाँजा तथा तीनवटै सवारीसाधन नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।















Discussion about this post