धनुषा/असार २४ गते। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एफ, नेपाल अन्तर्गत लायन्स क्लब अफ जनकपुरधामले ‘हंगर रिलिफ कार्यक्रम अन्तर्गतआवश्यकतामा रहेका व्यक्तिहरूलाई खाद्यान्न तथा भोजन सहयोग गरेको छ।
मानव सेवामा समर्पित लायन्स इन्टरनेशनलको ‘गोल्डेन इयर्स अफ सर्भिस टु ह्युम्यानिटी’ अभियान अन्तर्गत आयोजना हुन लागेको उक्त कार्यक्रममार्फत गरिएको हो।
कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधाम गार्गी, लियो क्लब अफ जनकपुरधाम तथा लियो क्लब अफ जनकपुरधाम क्यापिटलको समेत सहकार्य रहेको थियो।
आयोजकका अनुसार समाजमा सेवाभाव, सहकार्य र मानवीय सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न गरिएको थियो। स्थानीय समाजसेवी, लायन्स तथा लियो सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
लायन्स क्लब अफ जनकपुरधामले यस्ता सेवामूलक कार्यक्रममार्फत समाजका विपन्न तथा आवश्यकतामा रहेका समुदायसम्म सहयोग पु¥याउँदै आएको जनाएको छ।















Discussion about this post