nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बजेट पुनर्लेखनको माग गर्दै प्रतिपक्षको चेतावनी, ‘नसच्याए कार्यान्वयन हुन दिँदैनौँ’

सजिलो पोस्ट सजिलो पोस्ट
असार २१, २०८३, १०:१४ मध्यान्ह
बजेट पुनर्लेखनको माग गर्दै प्रतिपक्षको चेतावनी, ‘नसच्याए कार्यान्वयन हुन दिँदैनौँ’

जनकपुरधाम/असार २१ गते। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले बजेट कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन्।

जसपा नेपाल र जनमत पार्टीका प्रदेशसभा सदस्यहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी सरकारले ल्याएको बजेट अव्यवहारिक, असन्तुलित, संघीयताको मर्मविपरीत तथा नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको रहेको आरोप लगाए। उनीहरूले प्रदेश गौरवका योजनालाई समेटेर बजेट पुनर्लेखन नगरे कडा आन्दोलनका साथै बजेट कार्यान्वयनमा अवरोध गर्ने चेतावनी दिएका छन्।

पत्रकार सम्मेलनमा जसपा नेपालका प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री लालबाबु राउतले बजेट निर्माणमा कानुनी प्रक्रिया र स्थापित संसदीय अभ्यासको पालना नगरिएको आरोप लगाए। आग्रह–पूर्वाग्रहका आधारमा बजेट ल्याइएको भन्दै उनले विधिसम्मत प्रक्रिया अवलम्बन नगरेको बजेट स्वीकार्य नहुने बताए।

पूर्वमुख्यमन्त्री तथा जसपा नेपालका प्रदेशसभा सदस्य जितेन्द्र सोनलले प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा समानुपातिक रूपमा बजेट विनियोजन गर्नुपर्ने माग गरे। उनले सशर्त, समपूरक तथा विशेष अनुदान वितरणका आधार र मापदण्ड स्पष्ट गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रस्तुत बजेट संघीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरीत रहेको टिप्पणी गरे।

जनमत पार्टीका संसदीय दलका नेता चन्दन सिंहले सरकारले ल्याएको बजेट संघीयता विरोधी सोचबाट प्रभावित रहेको आरोप लगाए। उनले मुख्यमन्त्री कृष्ण यादव नेतृत्वको सरकारले बजेटमार्फत प्रदेशको समावेशी विकासभन्दा सीमित क्षेत्रलाई प्राथमिकता दिएको दाबी गरे।

प्रदेशसभा सदस्य उपेन्द्र महतो र संजय यादवले पनि बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशभरिका आवश्यकता बेवास्ता गरी सीमित जिल्ला र क्षेत्रमा केन्द्रित ढंगले बजेट विनियोजन गरिएको आरोप लगाए।

उनीहरूले जनलोकपाल ऐन र प्रदेश लोकसेवा आयोग ऐनको भावना विपरीत पदाधिकारी नियुक्ति गरिएको दाबी गर्दै यसले कानुनी शासन र संघीय व्यवस्थामाथि नै प्रश्न उठाएको बताए। साथै, एक करोड रुपैयाँभन्दा कमका योजना समावेश नगर्ने नीति घोषणा गरिए पनि एउटै शीर्षकमा साना–साना योजना राखिएको तथा ‘सेटिङ’का आधारमा बजेट बाँडफाँट गरिएको आरोपसमेत लगाए।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : अवसर र चुनौतीबारे समीक्षात्मक अन्तरक्रिया’ कार्यक्रम जनकपुरधाममा सम्पन्न

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : अवसर र चुनौतीबारे समीक्षात्मक अन्तरक्रिया’ कार्यक्रम जनकपुरधाममा सम्पन्न

मधेश प्रदेश भलिबल संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

मधेश प्रदेश भलिबल संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढायो

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि