nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

सजिलो पोस्ट सजिलो पोस्ट
असार २१, २०८३, ८:४८ बिहान
कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

जनकपुरधाम/असार २१ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले नागरिकमा कानूनी ज्ञानको अभावका कारण अदालतहरूमा मुद्दाको चाप बढ्दै गएको बताएका छन्।

मुख्य न्यायाधिवक्ताको कार्यालय, मधेश प्रदेशद्वारा जनकपुरधाममा आयोजित ‘समसामयिक तथा संवैधानिक कानुनी सवालमा छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले कानुनसम्बन्धी पर्याप्त जानकारी नहुँदा धेरै नागरिक अनजानमै कानुन उल्लंघन गर्ने अवस्थामा पुग्ने गरेको बताए।

उनले नेपाल अझै पूर्ण रूपमा कानूनी रूपमा सचेत समाज बन्न नसकेको उल्लेख गर्दै प्रत्येक नागरिकमा कानूनी शिक्षा र जनचेतना विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। जघन्य अपराधमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही हुनुपर्ने भए पनि सामान्य प्रकृतिका घटनामा व्यवहारिक पक्षलाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।

मुख्यमन्त्री यादवले नेपालका कारागारमा रहेका सबै कैदी वास्तविक अर्थमा दोषी नै छन् भन्ने निष्कर्षमा पुग्न नसकिने उल्लेख गर्दै कतिपय व्यक्ति कागजी प्रमाणका आधारमा मात्रै कैद जीवन बिताइरहेको अवस्था रहेको दाबी गरे।

कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले न्याय प्रणालीलाई समयानुकूल र प्रभावकारी बनाउन आवश्यक रहेको बताए। संविधान समय, समाज र आवश्यकताअनुसार परिमार्जन हुँदै जाने भएकाले कानुन तथा न्याय प्रणालीमा पनि सोहीअनुसार सुधार र परिवर्तन अपरिहार्य रहेको उनको भनाइ थियो।

मन्त्री महतोले सामाजिक, सांस्कृतिक तथा भाषिक विविधतायुक्त मधेश प्रदेशमा सबै नागरिकको न्यायमा सहज पहुँच सुनिश्चित गर्न न्याय प्रणालीलाई अझ प्रभावकारी, समावेशी र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुनिल रञ्जन सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी, उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरू, कानुन व्यवसायी तथा कानुन क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि