nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

सजिलो पोस्ट सजिलो पोस्ट
असार १४, २०८३, १०:१८ मध्यान्ह
वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

जनकपुरधाम/असार १४ गते। वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकहरूको सीप, अनुभव र क्षमतालाई स्वदेशमै उपयोग गर्दै पुनःएकीकरण, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन गर्न सरोकारवालाहरूले जोड दिएका छन्।

नेपाल उद्योग वाणिज्य संघ मधेसद्वारा आयोजित ‘वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम’ मा सहभागीहरूले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई श्रम बजारसँग प्रभावकारी रूपमा जोड्न सके देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले नेपालमा दक्ष प्राविधिक जनशक्तिको अभाव बढ्दै गएको उल्लेख गर्दै उद्योग–व्यवसाय सञ्चालनका लागि आवश्यक सीपयुक्त कामदार सहज रूपमा उपलब्ध हुन नसकेको बताए। उनीहरूले विदेशबाट फर्किएका श्रमिकको अनुभव र दक्षतालाई उचित व्यवस्थापन गर्न सके स्वदेशमै रोजगारीका अवसर विस्तार हुनुका साथै उद्योग क्षेत्रले पनि दक्ष जनशक्ति प्राप्त गर्ने विश्वास व्यक्त गरे।

छलफलका क्रममा वैदेशिक रोजगारीबाट फर्किएका धेरै श्रमिकले आफ्नो योग्यता र अनुभवअनुसारको रोजगारी नपाउने, रोजगारदाता र श्रमिकबीच विश्वासको कमी तथा श्रम बजारसँग समन्वय कमजोर रहेका कारण पुनः विदेश जान बाध्य हुने अवस्था रहेको औँल्याइएको थियो।

सहभागीहरूले सीप प्रमाणीकरण प्रणालीलाई प्रभावकारी बनाउने, रोजगार सूचना प्रणाली सुदृढ गर्ने, श्रमिक र रोजगारदाताबीच पारदर्शी तथा विश्वासयुक्त सम्बन्ध विकास गर्ने र नियमित समन्वय बढाउने आवश्यकता औँल्याए।

कार्यक्रममा मधेश प्रदेशको श्रम तथा रोजगार मन्त्रालयका वरिष्ठ उपसचिव धनञ्जय सिंहले आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारले आवश्यकता र मागका आधारमा योजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै श्रमिकको सीप विकास तथा पुनःस्थापनालाई प्राथमिकतामा राखिने बताए।

त्यसैगरी, कार्यक्रममा रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमा खर्च हुने र उत्पादनमूलक क्षेत्रमा न्यून लगानी हुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कृषि, उद्योग, उद्यमशीलता तथा अन्य उत्पादनशील क्षेत्रमा रेमिट्यान्स परिचालन गर्न नीतिगत पहल आवश्यक रहेको धारणा राखियो।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुखीपुर उद्योग व्यापार समितिका अध्यक्ष सूर्यनारायण यादव, नेपाल उद्योग वाणिज्य संघ मधेसका कार्यकारिणी सदस्य प्रदीप भट्टराईलगायतले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरणका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको बताएका थिए।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि