nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कमला नदीको डाइभर्सन भासियो, सिरहा–धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

गिरिजानन्द साह गिरिजानन्द साह
असार ७, २०८३, ८:५९ मध्यान्ह
कमला नदीको डाइभर्सन भासियो, सिरहा–धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

धनुषा/असार ७ गते। सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीस्थित अस्थायी डाइभर्सन भासिएपछि आइतबार बिहानदेखि दुवै जिल्लाबीचको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गएरातिको वर्षापछि कमला नदीको बहाव बढ्दा डाइभर्सनको ठूलो भाग थप भासिएको हो । यससँगै बिहानदेखि सवारीसाधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको स्थानीयवासीले बताएका छन् ।

सिरहाको बसबिट्टा क्षेत्रतर्फ करिब एक करोड २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको तारजाली तथा माटोयुक्त अस्थायी डाइभर्सन केही महिनाअघि मात्रै सञ्चालनमा ल्याइएको थियो । तर वर्षा र नदीको बढ्दो बहावका कारण संरचना कमजोर बन्दै गएपछि आइतबारदेखि पूर्ण रूपमा प्रयोगविहीन बनेको छ ।
स्थानीयका अनुसार डाइभर्सन क्षतिग्रस्त भएपछि सिरहा–धनुषा आवागमन प्रभावित भएको छ । केही मोटरसाइकल चालकले जोखिम मोलेर नदी पार गर्ने प्रयास गरे पनि सुरक्षा जोखिमका कारण आवतजावत रोकिएको छ ।

सवारी आवागमन बन्द भएपछि सर्वसाधारण डुङ्गाको भरमा नदी वारपार गर्न बाध्य भएका छन् । सिरहा नगरपालिका–५ स्थित बसबिट्टा घाटमा हाल डुङ्गामार्फत यात्रु ओसारपसार भइरहेको छ । वडाध्यक्ष इन्द्रजित यादवले यात्रुहरूले नदी पार गर्न प्रतिव्यक्ति १५० रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको जानकारी दिए । डाइभर्सन बन्द भएपछि दैनिक कामकाज, व्यापारिक गतिविधि तथा विद्यार्थीहरूको आवागमनमा समेत समस्या उत्पन्न भएको उनले बताए ।
यसैबीच, कमला नदीमाथि निर्माणाधीन पुल वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त पुलको ठेक्का २०६८ सालमै सम्झौता भए पनि पटकपटक म्याद थपिँदा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

बाढी, प्राविधिक समस्या तथा निर्माणमा भएको ढिलाइका कारण परियोजना लामो समयदेखि अधुरो रहेको स्थानीयको गुनासो छ । हरेक वर्ष वर्षायाममा डाइभर्सन बग्ने वा भासिने समस्या दोहोरिने गरेकाले स्थानीयवासीले स्थायी समाधानका लागि पुल निर्माण कार्य शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । स्थानीयको भनाइमा, पुल निर्माणमा भएको ढिलाइले वर्षेनी हजारौं नागरिकलाई सास्ती खेप्न बाध्य बनाएको छ । डाइभर्सन बन्द भएसँगै पुनः एकपटक सिरहा र धनुषावासीले आवागमनको गम्भीर समस्या झेल्नुपरेको छ ।

 

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चिया उद्योगको संकट समाधान सरकारलाई नारायणकाजीको अनुरोध

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!