nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

गिरिजानन्द साह गिरिजानन्द साह
असार १, २०८३, २:१८ मध्यान्ह
सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

सञ्जय मिश्रा/रौतहट/ १ असार । नेपालका विभिन्न धार्मिक मार्गमा भारतीय तीर्थयात्रीहरूले सडकछेउ वा खुला स्थानमा खाना पकाइरहेको दृश्य पछिल्ला दिनमा सामाजिक सञ्जालमा व्यापक बहसको विषय बनेको छ। कतिपयले यसलाई सार्वजनिक शिष्टाचारको अभावका रूपमा चित्रण गरेका छन् भने केहीले भारतीय पर्यटकको व्यवहारसँग जोडेर आलोचना गरेका छन्। तर यो विषयलाई केवल आलोचनाको आँखाले मात्र हेर्नुभन्दा यसको धार्मिक, सांस्कृतिक र व्यावहारिक पक्ष बुझ्नु आवश्यक देखिन्छ।

वास्तवमा यात्राका क्रममा आफैं खाना पकाएर खाने चलन भारतीय तीर्थयात्रीहरूको मात्र होइन। नेपालका तराई–मधेशदेखि पहाडसम्मका हजारौं श्रद्धालु भारतका विभिन्न धार्मिक स्थल पुग्दा यही अभ्यास अपनाउने गर्छन्। काशी विश्वनाथ, अयोध्या, वृन्दावन, प्रयागराज, हरिद्वार, ऋषिकेश, जगन्नाथपुरी, केदारनाथ, बद्रीनाथ वा वैद्यनाथधामजस्ता तीर्थस्थलको यात्रामा जाने नेपालीहरूको समूहले विद्यालयको प्राङ्गण, धर्मशाला, विश्रामस्थल वा खुला स्थानमा खाना पकाएको दृश्य सामान्य मानिन्छ।

धार्मिक यात्राको नेतृत्व गर्दै पटक–पटक लामो तीर्थयात्रा गरिसकेका कटहरिया नगरपालिका–५ का व्यवसायी योगेन्द्र साहका अनुसार तीर्थयात्रा विलासी पर्यटन होइन, श्रद्धा र साधनाको यात्रा हो। “धेरै यात्रु खर्च बचाउन, समय व्यवस्थापन गर्न र सबैभन्दा महत्वपूर्ण रूपमा भोजनको शुद्धता कायम राख्न आफैं खाना पकाउँछन्,” उनी भन्छन्।

उनका अनुसार विशेषगरी वैष्णव परम्पराका अनुयायीहरूका लागि भोजन केवल पेट भर्ने माध्यम होइन, धार्मिक अनुशासनको अभिन्न हिस्सा हो। त्यसैले उनीहरू यात्राका क्रममा पनि निश्चित धार्मिक मान्यताअनुसार तयार गरिएको भोजन मात्रै ग्रहण गर्न रुचाउँछन्।

कटहरिया–१ निवासी तथा पूर्वप्रधानाध्यापक राममंगल यादवका अनुसार भारतबाट नेपाल आउने धेरै धार्मिक पर्यटक वैष्णव सम्प्रदायसँग सम्बन्धित हुन्छन्। “उनीहरू मासु, माछा र अण्डा मात्र होइन, कतिपय अवस्थामा प्याज र लसुनसमेत सेवन गर्दैनन्। त्यसैले यात्राका क्रममा भेटिने सबै होटल वा रेष्टुरेन्ट उनीहरूका लागि उपयुक्त हुँदैनन्,” यादव बताउँछन्।

डेढ महिनासम्मको धार्मिक यात्रा अनुभव बटुलेका कटहरिया–५ का वडाध्यक्ष सर्फलाल गुप्ताका अनुसार भारतका अधिकांश प्रमुख तीर्थस्थलमा धर्मशाला, मठ, गुरुद्वारा तथा विभिन्न धार्मिक संस्थाका आश्रमहरू प्रशस्त छन्, जहाँ यात्रुहरूलाई न्यून शुल्कमा वा निःशुल्क बसोबास तथा आफैले खाना पकाएर खाने  व्यवस्था मिलाइन्छ।

“तीर्थयात्रीहरू प्रायः घरबाटै खाद्यान्न, भाँडाकुँडा, ग्यास सिलिन्डर र चुल्हो लिएर निस्कन्छन्। पानी उपलब्ध हुने स्थानमा खाना पकाएर खान्छन्। यसरी खाना पकाउँदा करिब एक घण्टा समय लागे पनि खर्च निकै कम हुन्छ,” गुप्ता भन्छन्।

नेपालमा धार्मिक पर्यटकको संख्या वर्षेनि बढ्दो छ। तर उनीहरूको आवश्यकता अनुसारको पूर्वाधार भने अझै पर्याप्त रूपमा विकास हुन सकेको छैन। अधिकांश धार्मिक मार्गमा शुद्ध शाकाहारी भोजनालय, सामुदायिक भान्सा, विश्रामस्थल तथा तीर्थयात्रीमैत्री सुविधा सीमित छन्। यस्तो अवस्थामा यात्रुहरूले आफ्नै भान्सा बोकेर हिँड्नु बाध्यता पनि बन्ने गरेको छ।

यस विषयको अर्को महत्वपूर्ण पक्ष के हो भने खाना पकाउनु र फोहोर गर्नु एउटै कुरा होइन। यदि कसैले सार्वजनिक स्थानमा फोहोर फाल्छ, वातावरण प्रदूषित गर्छ वा स्थानीय नियम उल्लंघन गर्छ भने त्यसको आलोचना स्वाभाविक हो। तर केवल आफैं खाना पकाएको आधारमा कसैको सभ्यता वा संस्कृतिमाथि प्रश्न उठाउनु न्यायोचित देखिँदैन।

विडम्बना के छ भने भारतमा नेपाली तीर्थयात्रीहरूले वर्षौंदेखि यही अभ्यास गर्दा त्यसलाई सामान्य धार्मिक यात्रा संस्कृतिका रूपमा स्वीकार गरिन्छ। तर नेपालमा भारतीय श्रद्धालुले त्यही काम गर्दा सामाजिक सञ्जालमा उपहास र आलोचनाको विषय बन्ने गरेको छ। यसले समस्या यात्रुहरूको व्यवहारमा भन्दा पनि हाम्रो दृष्टिकोणमा पो छ कि भन्ने प्रश्न उठाउँछ।

पर्यटनका दृष्टिले भारतीय पर्यटक नेपालका लागि महत्वपूर्ण आधार हुन्। धार्मिक तथा सांस्कृतिक सम्बन्धका कारण नेपाल आउने भारतीय पर्यटकमध्ये ठूलो हिस्सा धार्मिक यात्रुहरूको रहने गरेको छ। उनीहरूको आवश्यकता बुझेर सेवा र पूर्वाधार विकास गर्न सकिए धार्मिक पर्यटनबाट नेपालले अझ बढी आर्थिक लाभ लिन सक्छ।

त्यसैले अब बहसको केन्द्र “किन खाना पकाए रु” भन्ने होइन, “किन तीर्थयात्रीमैत्री पूर्वाधार निर्माण गर्न सकिएन रु” भन्ने हुनुपर्छ। सामुदायिक भान्सा, व्यवस्थित विश्रामस्थल, शुद्ध शाकाहारी भोजनालय तथा सरसफाइयुक्त सार्वजनिक सुविधा निर्माण गर्न सकिए यस्ता विवाद स्वतः कम हुँदै जानेछन्।

अन्ततः सडकछेउ खाना पकाइरहेका भारतीय तीर्थयात्रीको दृश्यलाई असभ्यताको प्रतीकका रूपमा होइन, धार्मिक आस्था, तीर्थयात्राको संस्कृति र पूर्वाधार अभावको सन्दर्भमा हेर्न आवश्यक छ। जसरी नेपाली श्रद्धालु भारतमा आफ्नो आस्था अनुसार यात्रा गर्छन्, त्यसरी नै नेपाल आएका भारतीय श्रद्धालुको धार्मिक अभ्यासलाई सम्मान गर्न सक्नु नै हाम्रो सांस्कृतिक परिपक्वताको परिचय हुनेछ।

 

Tags: समाज

Discussion about this post

Related Posts

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि