धनुषा/चैत १४ गते। जनकपुरधाम घर जग्गा व्यवसाय सङ्घको दोस्रो साधारण सभाबाट अध्यक्षमा विजय सहित नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र कुमार साह, उपाध्यक्षमा प्रमोद कुमार सिंह, महासचिवमा दिपेश कुमार साह, सचिवमा प्रताप नारायण मण्डल तथा कोषाध्यक्षमा देवेन्द्र शर्मा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा मोहम्मद अली राइन, अवध मुखिया, अभिव साफी, विजय पासमान, मनोजलाल कर्ण र महेन्द्र ठाकुर सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष विजय यादवले संघलाई थप सुदृढ बनाउँदै लैजान विगतमा भएका कमीकमजोरीहरू सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सबै व्यवसायीलाई एकताबद्ध गर्दै घरजग्गा व्यवसायलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने दिशामा आफू केन्द्रित रहने बताए।
साधारण सभाबाट नयाँ नेतृत्व चयन भएसँगै संघलाई अझ प्रभावकारी र सक्रिय बनाउने विश्वास व्यक्त गरिएको छ।














Discussion about this post