धनुषा/चैत १४ गते। जनकपुरधाममा जारी यूरो पेंट्स वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत वडा नं. १० र वडा नं. २२ बीच सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ। अन्ततः वडा नं. २२ ले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेटले जित दर्ता गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. १० ले निर्धारित १८ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो। टोलीका लागि किशन बीले संयमित खेल प्रदर्शन गर्दै सर्वाधिक २८ रन बनाए भने अंकितले १९ रनको योगदान दिए। अन्य खेलाडीहरू भने टिकेर खेल्न नसक्दा टोली ठूलो स्कोर बनाउन असफल रह्यो।
बलिङतर्फ वडा नं. २२ का धनिकलाल र शिवले उत्कृष्ट प्रदर्शन गरे। दुवैले समान ३/३ विकेट लिँदै विपक्षी टोलीलाई दबाबमा राखे भने सरोबरले पनि २ विकेट लिएर महत्वपूर्ण साथ दिए।
९५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको वडा नं. २२ को सुरुवात भने खासै राम्रो हुन सकेन। लगातार विकेट गुमाउँदा टोली दबाबमा परेको थियो। तर अन्तिम समयमा शिव (अविजित १९) र आकाश (अविजित १४) बीचको महत्वपूर्ण साझेदारीले खेललाई आफ्नो पक्षमा ल्याउँदै १६.५ ओभरमा लक्ष्य पूरा गर्यो।

वडा नं. १० का लागि अंकितले शानदार बलिङ गर्दै ५ विकेट लिए पनि अन्य बलरबाट अपेक्षित साथ नपाउँदा टोली पराजित हुन पुग्यो। यस जितसँगै वडा नं. २२ प्रतियोगितामा बलियो दाबेदारको रूपमा उभिएको छ भने वडा नं. १० प्रतियोगिताबाट बाहिरिएका छन । उक्त खेलको म्यान अफ द म्याच शिव भएका छ्न । म्यान अफ द म्याचको उपाधी हस्तान्तरण वडा न.- २२ को वडा अध्यक्ष विमलेश मिश्राले गरेका थिए।
प्रतियोगितामा जम्मा १८ वटा वडाको टीम ले भाग लिएका छन् । यस वडा कपको डाइरेक्टर हरी शंकर साह,एड्मिनिस्ट्रेटर अम्भु प्रसाद साह, डेन्टल पार्टनर र को स्पोनसर गिता आस्पीरेशन प्रा.लि.देवी चोक,मेडिकल पार्टनर ओम फिजियो थेरापी,टाईटल स्पोन्सर युरो पेन्टस,मिडिया कोर्डिनेटर सजिलो पोस्ट,स्पोर्ट्स पार्ट्नर हरीस स्पोर्ट्स जोन,स्पोर्टिङ्ग क्लब श्री राजदेवी युवा कमिटी र न्यु भिजन नेपाल रहेको छ। प्रतियोगिता नकआउट प्रणालीमा खेलाइदै छ भने खेलमा सेतो लेदर बल बाट भईरहेको छ । खेलका सम्पूर्ण नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित मापदण्डअनुसार रहेको जानकारी संयोजक प्रशान्त अरविन्दले दिएको छ।














Discussion about this post