धनुषा/फागुन २४ गते। धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजकिशोर महतो निर्वाचित भएका छन् ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतोले ४८ हजार २७० मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले ११ हजार ५२९ मत ल्याएका छन् ।
















Discussion about this post