सप्तरी/फागुन २४ गते। सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पुष्पा कुमारी चौधरी ३८,१९५ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले) का उम्मेदवार सुमनराज प्याकुरेल ७,६५२ मत,नेपाली कांग्रेसका रामदेव शाहले ६,९९४ मत,स्वाभिमान पार्टीका सुमित साह ७,८४७ मत र जनमत पार्टीका डा. जयकान्त राउतले ४,८२३ मत प्राप्त गरेका छन।
यस निर्वाचन क्षेत्रमा कुल १,१९,०४३ मतदाता थिए। तीमध्ये ७७,२०४ मत खसेको थियो, जसमा ७१,३०३ मत सदर र ५,९०१ मत बदर रहेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।














Discussion about this post