धनुषा/फागुन ८ गते। धनुषा-३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका मनिष झालाई सघाउन पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्ल जनकपुर आइपुगेका छन्। बिहिवार साँझ नै जनकपुर आइपुगेका मल्ल शुक्रबार बिहानैदेखि झाको पक्षमा खुलिरहेका छन्।
पुर्व क्रिकेटर रहेका मल्ल अहिले नेपाली राष्ट्रिय टोलीको उप प्रशिक्षक छन्। सोही सम्बन्धको माध्यमबाट उनी क्रिकेट संघमा जोडिएका र क्रिकेटप्रेमीहरुलाई फागुन २१ को निर्वाचनमा झालाई समर्थन गर्न आग्रह गरिरहेका छन्।
उनी आएको अवसरमा झाको सचिवालयले एक मैत्रीपुर्ण क्रिकेट खेल नै आयोजना गरेको छ। मल्लले एउटा टोलिको नेतृत्व गरेका छन् भने झाले अर्को। अहिले दुवै टिमबिचको खेल जनकपुरस्थित बाह्रबिघा मैदानमा चलिरहेको छ।














Discussion about this post