धनुषा/माघ २६ गते। नेपाल किसान महासंघको विधान, २००८ (संशोधन सहित) बमोजिम संजय कुमार प्रसादलाई महासंघको केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको छ।
महासंघको केन्द्रीय कार्यालय सानेपा, ललितपुरबाट जारी गरिएको आधिकारिक पत्रअनुसार धनुषा निवासी प्रसादलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो। संगठनलाई थप सुदृढ, संगठित तथा गतिशील बनाउने उद्देश्यले उक्त मनोनयन गरिएको महासंघले जनाएको छ।
नेपाल किसान महासंघले केन्द्रीय सदस्यका रूपमा संजय कुमार प्रसादको अनुभव, प्रतिबद्धता तथा सक्रिय भूमिकाले संगठनलाई थप बल पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, आगामी दिनमा संगठनका नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै किसानहितका अभियानहरूलाई अघि बढाउन उहाँबाट महत्वपूर्ण योगदान र पूर्ण सहयोग रहने अपेक्षा महासंघले व्यक्त गरेको छ।















Discussion about this post