जनकपुरधाम/माघ ६ गते । नेकपा एमालेका उमाशंकर अरगरियाले धनुषा-२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराएका छन् । विदेह नगरपालिकास्थित तिनकौरियामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनी मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको समर्थकमा रबिन्द्र अरगरिया र प्रस्तावक रामभजन दास रहेका छन् । उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १५७ मतले पराजित भएका थिए ।





















Discussion about this post