nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हेमामालिनीको प्रेम

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १३, २०८२, १२:४३ मध्यान्ह
हेमामालिनीको प्रेम

भनिन्छ यो कलयुग हो।यहाँ स्वार्थको सिवाय केही छैन।यहाँ हरेक कुरा कन्डिसनल छन् ।प्रेम पनि कन्डिसनल भैसकेको छ। जबसम्म फाइदा छ तबसम्म प्रेम।फाइदा सकियो प्रेम सकियो ।काम सकिनासाथ मानिसलाई चिन्न पनि छोड दिन्छन् मानिसले यहाँ ।कहिले भनिने गरिन्थ्यो कण कणमा छन् राम।तर अब हरेक कण भएका छन् बइमान।प्रेम गलत ढंगले परिभाषित हुन पुगेको छ।प्रेम क्षणिक हुन पुगेको छ।जो असंभव छ।प्रेम क्षणिक होइन ।प्रेम शाश्वत हो।प्रेमको अन्त छैन ।उ अनन्त छ।निरन्तर बगिरहन्छ।सँगै हुँदा एउटा रुप हुन्छ भने वियोगमा अर्के रुप ।तर प्रेम त प्रेमे हुन्छ ।प्रेम फिका हुन जान्दैन जहिले गाढा हँदै जान्छ।

अहिले भनिने गरिन्छ मायाप्रिती त मानिस र अवस्थालाई हेरेर गरिन्छ।माया मान्छेको धन, दौलत र स्टेटस हेरेर गरिन्छ ।होला , तर जहासम्म लाग्छ प्रेम व्यक्ति संग होइन उसको व्यक्तित्व सँग हुन्छ होला ? प्रेम त बाहिरी चिज नै होइन।यो त नितान्त भित्री कुरा हो।जो पहिला मान्छेको आफू भित्र जन्मिन्छ।अनि यसले आकृतिलाई खोज्छ।

हरेक कुराको आफ्नो क्षमता हुन्छ ।पाँच लिटरको भाँडोमा सात लिटर खन्याउन सकिदैन ।त्यसरी नै त्यो प्रेमले आफ्नो आकृति खोज्छ।भेटाए पछि त्यो आकृति सँग जुडन पुग्छ।यसैले होला मानिसलाई थाहा हुदैन । प्रेम कब , कतिबेला ,कसरी र कहाँ भयो ?किन कि यो एक भित्री घटना हो।साँचो प्रेम ,यो एक सँग हुन्छ ।प्रेम गाढा हुदै गए प्रार्थनामा परिणित हुन जान्छ ।यो जीवनको त्यो स्टेज हो जहाँ धृणााको अन्त हुन जान्छ।मानिस प्रेममय हुन्छ । अर्कोलाई दुख दिन सोच्देन।आफू खुशी हुन चाहन्छ ।

कहिले केही कुरा जीवनमा यस्तो घटित हुन जान्छ जसलाई हेरेर हामी आफै छक्क परिरहेका हुन्छौं ।यो के भै राखेको छ ? अचानक कही पुग्नु । कसैसँग भेट हुनु ।पहिलो भेटमै सहज फिल गर्नु।यो त्यसै हुँदैन ।कही न कही पुर्व जन्मको कुनै कथा , कुनै चिनारी रहेको हुन्छ।जो यो जन्ममा पूरा हुन खोज्छ।शास्त्रलाई हेर्ने हो भने यसलाई आत्मा भनिएको छ।जसको जीवनमृत्यु छैन।उ अजर अमर छ।जसको पहिरन बदलिएर आउँछ।आज यसको शरीर मानिस कले धारण गरेको छ भने भुतमा खले गरेको थियो भने भविष्यमा गले धारण गर्ने छ।शरीरले दुई मानिस अपरिचित भएपनि आत्माले एकअर्कालाई चिनिराखेको हुन्छ। साइन्सले पनि आत्मालाई इनर्जीको रुपमा परिभाषित गरिसकेको छ।साइन्स भन्छ इनर्जीलाई न त जन्माउन सकिन्छ न त नाश नै गर्न सकिन्छ ।यसको रुप परिवर्तन हुन्छ।

हेमामालिनीलाई नियतिले धर्मेन्द्र सँग मिलायो।यो संसारमा त्यसै कोई कसैसँग भेटदैनन्।नियतिले पर्दा पछाडि काम गरिरहेको हुन्छ।हेमा र धर्मेन्द्र बीच प्रेम हुन गयो।धर्मेन्द्र एक विवाहित पुरुष थिए।घरपरिवार थियो ।हेमा एउटा चम्किलो स्टार ।उनी ड्रीम गर्ल।हरेक मानिसको ड्रीम उनी।उनी चाहेको भए मिलिनियर विलिनियरको ड्रीम हुन पुग्थिन्।तर साँचो प्रेमको अगाडि यो कुराहरुले मान्य राख्दैन ।हो पैसा हुनु धेरै ठुलो कुरा हो।जीवनलाई पैसा चाहिन्छ ।पैसा धेरै थोक हो तर सबै थोक होइन ।

हेमामालिनीको प्रेम त धर्मेन्द्रको लागि थियो ।साँचो प्रेमको माँग अति नै सुक्ष्म हुन्छ।साँचो प्रेमको माँग त अलिकति समय , दर्शन र दुई शब्द श्रवण हुन्छ।यसैमा प्रेमी पुर्ण भैहाल्छन्।नेहाल भैहाल्छन्।हेमालाई धर्मेन्द्र माथि कब्जा चाहिएको थिएन ।उनी धर्मेन्द्रको प्रेममा हराउन खोजेकी थिइन ।उनलाई आफ्नो खुशी चाहिएको थियो जो धर्मेन्द्रको प्रेममा थियोे ।न कि धर्मेन्द्रको धनदौलत।त्यसैले हेमा भनेकी छिन् मलाई धर्मेन्द्रको जीवनलाई खलल गर्नु छैन।मलाई उनको घरपरिवार प्रति हृदय देखि नै सम्मान छ।म उनको पत्नी र छोराछोरीलाई सम्मान गर्छु ।मलाई मेरो खुशी चाहिएको छ।

हेमाले देखाइन युग कुनै होस् ।त्ससले केही फरक पार्दैन।आफू साँचो हुनुपर्छ ।आफ्नो भित्रको मानवता जोगाइ राख्नु पर्छ।हेमा र धर्मेन्द्र बीच विहे भयो । उनीहरू दुई सन्तानका मातापिता बने।हेमाले दुवै सन्तानलाई हुर्काइन।हेमाको बसाइ र धर्मेन्द्रको घर जहाँ धर्मेन्द्र आफ्नो पहिलो पत्नी र चार छोराछोरी सँग बस्थे बीच थोरै समयको दुरी भएपनि हेमा त्यहाँ कहिले गइनन्।यो सानोतिनो त्याग होइन । यो धेरै नै ठुलो त्याग हो।जहाँ प्रेम हुन्छ त्यहाँ त्याग हुन्छ।प्रेम भनेकै त्याग , विश्वास र समर्पण हो।

धर्मेन्द्र पनि विशाल हृदयका मानिस रहेछन् ।सबै भित्र यतिधेरै साहस र हिम्मत हुदैन ।सबैको हृदय माया र प्रेमले यसरी भरिएको हुदैन ।यस्ता धेरै उदाहरणहरु छन् जहाँ हामी भेट्छौ आफ्नो ईज्जत मानिसलाई प्यारो हुन्छ।आफ्नो स्वार्थ मानिसको प्यारो हुन्छ।उसले आफ्नो नजरले मात्रै दुनियाँलाई हेर्ने गर्छ।उसलाई अरुको पीडाको कुनै मान्य हुँदैन ।तर धर्मेन्द्र इ कुराहरू बाट टाढा थिए।उनको हृदयले हेमाको नजरले के देखिरहेको छ ? देख्न पुग्थ्यो ।हेमाले के महसुुस गरिरहेको छ ? आफू पनि धर्मेन्द्र महसुुस गर्न पुग्थे।मुख्य कुरा सार्वजनिक रुपमै धर्मेन्द्रले भनेका थिए हेमाले अरुका लागि धेरै पल्ट आफ्नो भावनाको समेत कुर्बानी गर्छिन् ।अर्काको लागि पनि बाँच्नु सरल छ‌ैन ।

धेरै बदनामी बर्दास्त झेल्नुपर्यो ।बदनाम र आलोचना सहेर भएपनि तिनीहरू आफ्नो प्रेमलाई अगाडि बढाए ।जब त्यही कामले एउटा स्वरूप लिन्छ अनि दुनियाँ वाहवाही गर्न पनि पछि हट्दैन।यस्तो दुनियाँको बदनामी र वाहवाही दुवै अर्थहीन छ।जसले आफ्नो हृदयको सुन्छ उ नै भवसागर तर्छ।त्यसैले सदैव भित्रको आवाज सुन्नु पर्छ।आफ्नो नजरले मात्र होइन उसको नजरले पनि हेरेर उसको मनोभावना महसुुस गर्नु पर्छ।

हेमा र धर्मेन्द्र दुवै शुरुमा विहे गर्न चाहेका थिएनन् ।केही कुरा मान्छेको आफ्नो हातमा हुन्छ भने केही कुराको रिमोट भगवानको हाथमा हुन्छ । उ अनभिज्ञ रहन्छ यो कसरी हुन गयो ? कुनै कारण देखिदैन तर घटित हुन्छ किन कि नियतिलाई भविष्य थाहा छ।उ भविष्यलाई हेरेर वर्तमानको निर्धारण गर्छ।

कस्तो अद्भुत प्रेम ? हेमालाई थाहा थियो धर्मेन्द्र कसैको भैसकेको छ।यसले केही फरक पारेन किनकि उनमा कुनै मोह रहेनछ।भित्र बस एक प्रेम रहेछ।प्रेममा न त स्वामित्व हुन्छ , न त दासत्व। न गुनासो हुन्छ न सिकायत।एक अनौठो बन्धन हुन्छ जसमा स्वतन्त्रता हुन्छ।जहाँ समर्पण हुन जान्छ।अकारण । खोजेर पनि भेटाइदैन यसको कारण । उ जे छ जस्तो छ त्यही रूपमा उसलाई मन पराउन थाल्छ।यो हरेकको बसको कुरा होइन ।

प्रेम मतलब कसैको जीवनमा आनन्दित हुन थाल्नु हो ।कसैको जीवन सँग आफू आनन्दित हुन जानु हो।ढुँगा जस्तो हृदयमा आदरको भाव पलाउनु हो।प्रेम भए पछि बंजर भूमिमा पनि कमल फुलाउदो रहेछ भनेको सायद यही रहेछ।

भनिन्छ प्रेमले उर्जा प्रदान गर्छ।मान्छेमा यौवना छाइ रहन्छ ।एक पत्रकारले हेमामालिनीलाई यो उमेरमा पनि यस्तो सुन्दरता ! राज के होला ? भनेर सोध्दा उनी आफ्नो सुन्दरताको क्रेडिट धर्मेन्द्रको प्रेमलाइ दिइन् ।

लेखक – सुधा मिश्र।

Tags: लेख/रचना

Discussion about this post

Related Posts

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!