एजेन्सी । भारतको हैदराबादबाट बैंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगो लाग्दा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
बेंगलुरु जाँदै गरेको बसमा कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिकै शुक्रबार बिहान आगो लागेको थियो । आगोले बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ ।
बसमा ४२ यात्री सवार थिए । सो घटनामा १० जनाको मृत्यु पुष्टि भएको र केही यात्री गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मोटरसाइकल बससँग ठोक्किएपछि आगो लागेको समाचारहरु उल्लेख गरिएको छ । तर, स्थानीय प्रशासनले दुर्घटनाको कारण भने आधिकारिक रूपमा पुष्टि गरेको छैन ।













Discussion about this post